दुबई । यमनको मारिब सहरमा विद्रोही र सरकार समर्थक सेनाबिच जारी रहेको झड्पको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
Advertisement
एक सैन्य अधिकारीका अनुसार झड्पमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झड्पमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।
यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् । (रासस/एएफपी)





