बेइजिङ । चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो ।
उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने छ ।
बुधबार साँझ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबिच फोनवार्ता भएको थियो । फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमण कालीन व्यवस्थापनका लागि चीनले पाकिस्तनसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने बताउनुभएको हो ।
उहाँले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राख्नुभएको थियो । फोनवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले भन्नुभयो– चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्ने छ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्नुहँुदैन
यही अगस्त ८, २०२१ का दिन काबुललाई तालिबानले कब्जामा लिएको छ । उनीहरुले सरकार गठनको तयारी पनि गरिरहेका छन् । (रासस/सिन्ह्वा)