बेइजिङ । चीनमा बिहिबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाइएको छ ।
Advertisement
एउटा मात्रै खोप लगाएकाको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोना महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ । (रासस/सिन्हवा)