इस्तानबुल । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
Advertisement
देशको उत्तरी क्षेत्रमा पर्ने सामुद्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।
राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटना भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटना संसारभरि नै बढेको विज्ञले बताएका छन् । (रासस÷एएफपी)