• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना महामारीका कारण अखिल भारतस्तरको भर्चुअल भेला गरेका हौँ


  •   शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
  • दुर्गाबहादुर केसी, अध्यक्ष-मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ##

    Advertisement

    ० सातौँ अखिल भारत सम्मेलनपछि भर्खरै सम्पन्न प्रथम अखिल भारत भेलाले हजुरलाई पुनः अध्यक्ष चयन गरेको छ । यसलाई कसरी लिनुभएको छ ?

    – छैटौँ अखिल भारत सम्मेलनद्वारा निर्वाचित समितिको प्रथम बैठकले पनि मलाई अध्यक्ष चयन गरेको थियो । त्यति बेला साथीबाट सङ्गठनलाई अगाडि बढाउन अतुलनीय सहयोग रह्यो ।

    सातौँ अखिल भारत सम्मेलनबाट निर्वाचित समितिको प्रथम बैठकबाट अध्यक्ष चयन हुनुभएका मित्रलाल शर्माको निधनपछि समितिको चौथो बैठकले पनि मलाई पुनः अध्यक्षको जिम्मा सुम्पेको थियो । सङ्गठनले दिएको जिम्मेवारीलाई मैले आफ्नो व्यक्तिगत महत्त्वका लागि उपयोग गरिनँ । यो अवधिमा सम्पूर्ण स्तरका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक सबैको सहयोग र समर्थन रह्यो ।

    अहिले पुनः मलाई सङ्गठनले अध्यक्षको जिम्मा सुम्पेको छ । यो बदलिँदो परिस्थितिमा सङ्गठन परिचालन गर्न अत्यन्तै चुनौतीपूर्ण छ ।

    मलाई विश्वास छ, हाम्रा सम्पूर्ण कार्यकर्ताको एकमना एकताले सङ्गठनको गति लगातार अगाडि बढाउने छौँ । सङ्गठनको गरिमालाई कामयम राख्न सम्पूर्ण स्तरका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक सबैको सहयोग र समर्थन हुनेमा पूर्ण विश्वस्त छु । साथै विगतका दिनमा जस्तै सङ्गठनभित्र देखा पर्ने सबै खाले महत्त्वाकाङ्क्षा, अवसरवाद र अराजकतालाई परास्त गर्दै सङ्गठन बढने छ ।

    ० मूल प्रवाहको अखिल भारत भेलाको आवश्यकता र औचित्यताबारे बताइदिनुस् न ।

    – सातौँ अखिल भारत सम्मेलनबाट निर्वाचित समितिले भारत प्रवासका श्रमजीवी नेपालीको पक्षमा धेरै आन्दोलनका कार्यक्रम सम्पन्न गर्याे। यस अवधिमा हामीले सातौँ अखिल भारत सम्मेलनबाट निर्वाचित चार जना सदस्यको असामयिक निधन भयो भने कैयौँ साथीहरू स्थायी रूपमा स्वदेश फर्किनुभएकोले उहाँहरूलाई समितिबाट बिदाइ गरियो । केही समययता कतिपय सदस्यले सङ्गठनको नीति, विधान, पद्धतिभन्दा बाहिर गएर मनमानी गर्न खोजेको हुँदा उहाँहरूलाई कारबाही गर्नुप¥यो । कोरोना महामारीको कारण आठौँ अखिल भारत सम्मेलनको लागि परिस्थिति अनुकूल नभएको हुँदा भेलाद्वारा समितिलाई नवीकरण गर्र्नु आवश्यक थियो । त्यसै आवश्यकलाई पूरा गर्दै भर्चुअल प्रविधिलाई उपयोग गरेर भए पनि सातौँ अखिल भारत सम्मेलनपछिको प्रथम भेला जुलाई ४, २०२१ का दिन लोकतान्त्रिक ढङ्गबाट ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।

    ० भर्चुअल माध्यमबाट गरिएको यो भेलालाई वैधानिक मान्न नसकिने भन्छन् । यसबारे के भन्नुहुन्छ ?

    – यो नयाँ र प्रविधिको जमाना हो । अर्को कुरा हामी माक्र्सवादमा विश्वास गर्दछौँ । माक्र्सवादले सधँैभरि परिवर्तनमा विश्वास राख्दछ । जसले आफूलाई क्रान्तिमा विश्वास भएको बताउँछन् तर परिवर्तनशील समयानुकूल आफूलाई परिवर्तन गर्न चाहँदैनन्, त्यस्ता व्यक्तिलाई कसरी क्रान्तिकारी भन्न र मान्न सकिन्छ ? जबकि वर्तमान परिस्थितिमा अन्तर्राष्ट्रिय स्तरका कूटनीतिक बैठक, मन्त्रालयको बैठक, अदालती कामकारबाही, अन्य सरकारी कार्यालयका बैठकसमेत भर्चुअल माध्यमबाट सम्पन्न भइरहेका छन् र ती सबै वैधानिक छन् भने कसैले भ्रम पार्न खोज्दैमा र आफ्नो निहित स्वार्थअनुकूल निर्णय भएन भन्दैमा अवैधानिक हुँदैन ।

    अर्को कुरा, सम्मेलनबाट निर्वाचित समितिबाट मृत्यु भएका, स्वदेश फर्किएका र कारबाहीमा परेका बाहेकका सम्पूर्ण सदस्यको उपस्थितिमा सम्पन्न भएको भेलालाई अवैधानिक भन्नेहरू कुन दुनियाँका हुन् ? त्यो मूल प्रवाहका सबै सदस्यले चिन्दछन् । जसले यो भेलालाई अवैधानिक भन्ने हल्ला गरेर आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेका छन्, उनीहरूलाई त मार्च २०–२१, २०२१ मा सम्पन्न केन्द्रीय समितिको नवौँ बैठकले नै साधारण सदस्यसमेत नरहने गरी निस्काशित गरेको थियो । अब कारबाहीमा परी निष्काशित व्यक्तिहरूले वैधानिक र अवैधानिक हल्ला गर्दैमा केही हुनेवाला छैन । यो सङ्गठन अनुशासित र प्रतिबद्धताकै कारणले यहाँसम्म पुगेको हो, अराजक गतिविधिका कारणले होइन । यसले आफ्नो स्थापना कालदेखि नै निकै धेरै उपलब्धि प्राप्त गरेको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन नै हो ।

    ० केही व्यक्तिले आफूहरूले कमजोरी देखाइदिएकाले नै हतारमा भेला गरेको भन्ने हल्ला चलाएका छन् नि ?

    – कसले के भन्छ भन्ने हल्लाको पछाडि हामी जाँदैनौँ । मैले माथि नै बताइसकेको छु, चार जना साथीको निधन र केही साथी स्वदेश बिदाइ भएकै कारणले मात्र सम्मेलनबाट निर्वाचित समितिमा बहुमत नरहेको भन्ने हल्ला निराधार छ । जब जुलाई ३, २०२१ सम्म त सम्मेलनबाट निर्वाचित समिति नै पूर्ण थियो । सोही दिन बसेको केन्द्रीय समितिको बैठकले इन्द्र भेटाललाई कारवाही गरेपछि मात्रै समितिको बहुमत कायम नरहेको थियो । त्यसको लगत्तै हामीले जुलाई ४, २०२१ का दिन भेला सम्पन्न गरेका थियौँ । हात्ती हिँड्न थालेपछि अरू सबैका पाइला मेटिन्छन् । उहाँहरूको भूमिका मूल प्रवाहलाई तहसनहस पार्ने हो । त्यो मूल प्रवाहका कार्यकर्ताले कतै पूरा हुन दिने छैनन् ।

    ० तपाईंहरूलाई त टिके भन्छन् त ।

    – हो, उहाँहरूले हामीलाई टिके भन्नुहुन्छ । उहाँहरूले लामो समयसम्म यो सङ्गठनमा रहेर काम गर्नुभएको थियो, यसको मतलब उहाँहरू पनि विगतमा टिके हुनुहुन्थ्यो । आफ्नो निहित स्वार्थअनुकूल निर्णय भएन भन्दैमा सङ्गठनको अनुशासन, नीतिसिद्धान्त, पद्धति, विधान, नियमावली सबैका विरुद्ध गतिविधि गर्दै उहाँहरू हिँड्नुभएको छ । अब बताउनुस्, उहाँहरूलाई के उपमा दिने त ? सङ्गठनको अनुशासन, नीतिसिद्धान्त, पद्धति, विधान, नियमावलीलाई पालना गरेर जिम्मेवारी निर्वाह गर्नुलाई कसैले हामीलाई टिके भन्छ भने हामी त्यस प्रकारको टिके बन्न र भनाउन मात्रै हैन, कहलाउन सदा तयार छौँ । तर उहाँहरू के हो ? त्यसबारे भने उहाँहरूले आफूलाई सुहाउने उपमा पनि आफैले भिरेमा उपयुक्त हुने छ ।

    ० सङ्गठनको सम्पूर्ण समिति आफूहरूसँग भएको र आफूले वैधानिक रूपमा भेला गर्ने बताउँदै छन् नि, केही व्यक्तिहरू ?

    – यो भनाइले उहाँहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्न चाहने फुटपरस्त रहेको र फुटपरस्त गतिविधिमा संलग्न भएको पुष्टि हुन्छ ।

    विगतमा पनि यस्तै अनुशासनविहीन प्रकारले भेला गर्नेमा विजय शर्मादेखि बाबुराम भट्टराई, रामसिंह श्रीस, गिरधारीलाल–डिलारामसम्मको लामो सूचि छ । त्यस प्रकारका गतिविधिको के हविगत भएको छ ? सबैलाई थाहा भएको कुरा हो । त्यही कडीलाई अघि बढाउने प्रयत्न अहिलेका कथित क्रान्तिकारीले कोसिस गरिरहेका छन् । विगतमा जसरी मूल प्रवाहका कार्यकर्ताले नाङ्गेझार पारेर सङ्गठनको छविलाई बचाएका थिए, वर्तमानमा देखिएका कथित क्रान्तिकारीको हविगत पनि तय गर्ने छन् ।

    साथै म यो पनि स्पष्ट गर्न चाहन्छु, कसैले मूल प्रवाहको ओत लागेर आफ्नो व्यक्तिगत छवि चम्काउन चाहन्छ भने त्यस्ता व्यक्ति मूल प्रवाहको सदस्य हुन सक्दैनन् । विगतमा पनि सङ्गठनको छहारीमा बसेर डाला काट्ने कोसिस गर्ने व्यक्तिलाई सङ्गठनबाट निष्काशित गरेर नै आज भारत प्रवासमा छरिएर रहेका नेपालीका बिचमा मूल प्रवाहले आफ्नो छुट्टै प्रकारको पहिचान बनाउन सकेको हो ।

    ० नयाँ परिस्थितिमा सङ्गठनलाई अगाडि बढाउन नयाँ कार्ययोजना के कस्ता बनाउनुभएको छ ?

    – यो सङ्गठन शोषित–उत्पीडितको हो । भारतमा कार्यरत श्रमजीवी नेपाली सम्पूर्णलाई सङ्गठित गर्ने नै हाम्रो मूल उद्देश्य हुन्छ । त्यसैअन्तर्गत सामाजिक कार्यमा अग्रसर गराउने, कार्यकर्तालाई सैद्धान्तिक, राजनैतिक शिक्षा प्रदान गर्ने, स्वदेशको राजनीतिक परिवेशबारे अध्ययन गराउने र ती आन्दोलनमा आर्थिक, नैतिक एवम् भौतिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिने हाम्रा आगामी कार्यक्रम हुनेछन् । त्यसका अतिरिक्त सङ्गठनअन्तर्गत सभा, सम्मेलन, प्रवासी नेपालीका समस्याबारे सरकारको ध्यानाकर्षणलगायत विभिन्न जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिइने छ ।

    ० भारतमा नेपालीमाथिको भेदभाव कायम छ । त्यसबारे सङ्गठनले कस्तो भूमिका खेल्दै आएको छ ?

    – भारतस्थित नेपालीको समस्या समाधानका लागि १९५० को नेपाल–भारत मैत्री सन्धिले प्रदान गरेको अधिकारअन्तर्गत भारतमा आएका नेपालीको सुरक्षाको प्रत्याभूति दिने काम यहाँको सरकारको हुन्छ । त्यसका लागि हामीले भारत सरकारका विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, धर्ना, जुलुस गर्दै आइरहको छौँ । त्यसबाट कैयौँ लाभान्वितसमेत भएका छन् । तर पूर्ण रूपमा समानता आएको छैन, सन्धिले दिएका प्रावधानअन्तर्गत नेपाली नागरिकता प्रमाणपत्रद्वारा नै भारतमा रहने श्रमिजीवी नेपालीलाई रासनकार्ड, आधारकार्डजस्ता बहुउद्देश्यीय प्रमाणपत्र एवम् सन्धिमा उल्लेख भएअनुसार भारतीय नागरिकसरह समान सुविधा मुहैया गराउनका लागि पनि सङ्घर्ष गर्दै आएका छौँ । त्यो निरन्तर जारी छ ।

    ० विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वका लागि आन्दोलन गर्नुभएको थियो । सर्वाेच्च न्यायालयको आदेशअनुसार प्रवासी नेपालीलाई मताधिकार दिन जोड दिएको छ । यसबारे तपाईंहरूको धारणा के छ ?

    – प्रवासी नेपालीलाई मताधिकार एवम् प्रतिनित्वको माग गर्ने पहिलो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो, जसले भारतमा रहेका नेपालीबाट हस्ताक्षर सङ्कलन गरी नेपाल सरकारलाई बुझाउने एवम् भारतस्थित अन्य नेपाली सङ्घसंस्थालाई समेत सामेल गरेर नेपाल सरकारलाई दबाब दिने काम भएको थियो । सर्वोच्च न्यायालयद्वारा प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नू भनी दिएको परमादेश स्वागतयोग्य छ । तर प्रतिनिधित्वको सवालमा न्यायालय मौन छ । साथै प्रवासी नेपालीको व्याख्या–बुझाइको सवालमा पनि समस्या छ । अझैसम्म यो प्रष्ट छैन, दक्षिण एसियामा रहेका नेपाली नागरिक प्रवासीको दायरामा पर्छन् कि पर्दैनन् ?

    हामी प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वको सवालमा स्पष्ट नीति अवलम्बन गर्दै आफू रहेकै स्थानबाट मत दिन पाउने अधिकार र संसदमा उनीहरूको समानुपातिक प्रतिनिधित्वको मागलाई लगातार उठाउँदै आइरहेका छौँ । त्यसलाई निरन्तरता दिंदै थप कार्यक्रम तय गर्ने छौँ ।

    ० तपाईंहरूले भारत प्रवासमा सङ्गठन निर्माण गरेर के फाइदा हुन्छ ?

    – हामी देशको आर्थिक, राजनीतिक कारणले उत्पन्न बेरोजगारीको समस्याले गर्दा प्रवासिन बाध्य भएका हौँ । नेपालको सामाजिक विकृतिका कारणले कैयौँ नेपाली अनेकन् कुलतमा परेकालाई सामाजिक उत्थान गर्नुका साथै स्वावलम्बी, अनुशासित बनाउँदै सचेत र सङ्गठित गर्दै आएका छौँ । नेपालको आर्थिक, राजनीतिक कारणले नै उद्योगधन्दाको विकास नभएकाले बेरोगार भई भारत आउनुपरेको हुँदा नेपालमा हुने प्रत्येक राजनीतिक गतिविधिबाट अछुतो रहन सक्दैनौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापनादेखि नै नेपालमा हुने जनजीविका, जनतन्त्र, राष्ट्रियताका लागि चल्ने आन्दोलनलाई आर्थिक, नैतिक, भौतिक रूपले सहयोग गर्दै आएको छ ।

    तानाशाही पञ्चायती व्यवस्था विरुद्ध विभिन्न आन्दोलन, २०४५–४६ सालको जनान्दोलन, २०६२–६३ सालको आन्दोलनलगायत कैयौँ आन्दोलनमा भारतको राजधानी दिल्ली तथा विभिन्न सहरमा आन्दोलन भएका थिए । नेपालको राजनैतिक आन्दोलनमा भारतस्थित नेपालीको महत्त्वपूर्ण भूमिका छ । तर दुःखको कुरा, आन्दोलनपश्चात ठुला भनाउँदा राजनीतिक दलले प्रवासी नेपालीको योगदानलाई बिर्सिएर भारतस्थित नेपालीका समस्याबारे मौन छन् ।

    ० अन्त्यमा थप भन्नुपर्ने केही छ कि ?

    – देशमा गास, बासको समस्याले भारत प्रवासमा आउन बाध्य भएका सम्पूर्ण श्रमजीवी नेपाली एक हुनु आवश्यक छ । त्यसैले भारतस्थित नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुन अनुरोध गर्दछु ।

    प्रस्तुति : खिमराज चालिसे

    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.