• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवाका लागि खेलकुद अझै भएको छैन


  •   सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
  • पृथ्वी थापा, संयोजक, अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ

    Advertisement

    ० खेलकुद क्षेत्रका लागि छुट्टै राजनीतिक सङ्गठन अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ बनाउनुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?

    – नेपाली खेलकुदमा थुप्रै समस्या छन् । खेलकुदका ती सबै समस्याको हल त सत्ताले गर्ने हो । तर पनि यसमा खबरदारी गर्ने, त्यसको पक्षमा निरन्तर आवाज उठाउने र हाम्रोतर्फबाट सकिनेजति समस्याको समाधान गर्नुपर्छ भनेर यो महासङ्घ गठन भएको हो ।

    ० यो त खेलक्षेत्रमा राजनीति घुसाएको भएन र ?

    – हामी सबै खेलकुद क्षेत्रमा राम्रो हुनुपर्छ भनेर चाहन्छौँ । यस क्रममा खेलकुदमा राम्रो व्यवस्थापन हुनुपर्छ भन्ने चाहना राख्दै यस क्षेत्रका विभिन्न समस्याको समाधान गर्न तत्पर रहन आवश्यक ठान्यौँ । तर, राजनीतिका नाममा अन्य थुप्रै दलका नेता हुनुहुन्छ, जसको खेलकुद क्षेत्रसित कुनै साइनो छैन । भ्रातृ सङ्गठन बनाउने र त्यसको नेतृत्व गर्ने गर्नुभएको छ । उहाँहरूको खेलकुदमा लगाव होइन, खेलकुदको नाममा सत्ताको लाभ लिने र खेलकर्मीमाथि शासन गर्ने चाहना देखियो । हामी त्यस्तो होइनौँ । हामीले लामो समय खेलकुदमा बितायौँ । हामी लागेको यस खेलकुद क्षेत्रको समस्या देखेपछि यसलाई समाधान गर्न लागिपरेका हौँ । यस क्रममा हामीलाई विश्वास लाग्ने साथीहरू मिलेर हामीलाई विश्वास लाग्ने राजनीतीमा हाम्रो आबद्धता हुन पनि सक्छ ।

    ० एउटा खेलाडीको दृष्टिकोणबाट हेर्दा देशको अवस्थालाई कसरी बुझ्नुभएको छ ?

    – विकराल, खराब र इमान्दार खेलकर्मीमाथि निहित स्वार्थ बोकेका व्यक्तिहरूको रजाइँको केन्द्रको रूपमा राखियो । यसलाई तोड्नुपर्छ भन्ने नै हो ।

    ० नेपाली खेलकुद क्षेत्रका समस्याहरू केकस्ता छन् भन्ने ठान्नुहुन्छ ?

    – मैले अघि नै भने नि, सत्ताले खेलकुदलाई खेलकुदजसरी नै हेरेन । यो भएपछि त हजारौँ समस्या हुन्छन् नि, जुन यहाँ भनेर साध्यै छैन ।

    ० खेलकुद के हो : व्यायाम वा मनोरञ्जन या अरू केही ?
    – विज्ञानको एउटा पाटो

    ० वर्तमान राज्यको खेलकुद नीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    – मैले भने नी खेलकर्मीलाई ठुलो भाषण ठोकेर भ्रममा राखेर पार्टीका कार्यकर्ता पोस्ने माध्यमभन्दा राज्यको कुनै खेलकुद नीति नै देखिँदैन ।

    ० नेपालको खेलकुदमा सर्वाधिक सम्भावना बोकेको खेल कुन हो भन्ने ठान्नुहुन्छ र किन ?

    – सबैको सम्भावना छ । यसमध्ये पनि मार्सल आर्टको सर्वाधिक सम्भावना छ; किनकि, यो नेपालीको स्वभाव सुहाँउदो खेल हो ।

    ० नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न के कस्ता कदम उठाउनुपर्दछ भन्ने लाग्दछ ?

    – अघिदेखि तपाईंले साधेको प्रश्नको जवाफ एउटै हो– खेलकुद खेलकुद नै जसरी चल्नुप¥यो । यसपछि त सबै समस्याको समाधान भइहाल्छ नि ।

    ० यतिखेर क्रिकेट खेल सर्वाधिक चर्चित भइरहेको छ । तर एक थरि पर्यवेक्षकहरू भने यो खेललाई पुँजीपतिको वस्तुव्यापार बढाउने उद्यम ठान्दछन् । यसमा सत्यता छ र ?

    – त्यसो होइन । सबै खेलका आफ्ना आफ्ना पाटा हुन्छन् । क्रिकेटले नेपालको साखलाई बढाएको साँचो हो । तर, पछिल्लो समय नेपालको खेल भनेकै क्रिकेटलगायत केही टिम गेम त हो नि भन्ने सोच धेरैले राख्ने गरेको पाइएको छ । यो चाँहि अत्यन्त गलत हो ।

    ० तपाईंहरूले कुनै बेला रेसलिङ प्रतियोगिता पनि आयोजना गर्नुभयो । रेसलिङलाई पनि खेल मान्न सकिन्छ र ?

    – यो भन्दा वैज्ञानिक खेल धेरै हुन सक्थे । यो पूर्ण वैज्ञानिक नहुन सक्छ । तर, यसलाई हाम्रो सिक्ने क्रमको अपरिपक्वता हो भनेर बुझ्नुभए पनि हुन्छ ।

    ० नेपालको राष्ट्रिय खेल पहिले डन्डीबियो थियो । त्यसलाई परिवर्तन गरेर पछि भलिबल बनाइयो । यो अवस्थामा डन्डीबियो खेलको संरक्षण गर्न के गरिपर्दछ भन्ने लाग्दछ तपाईंलाई ?

    – डन्डीबियो खेल प्रतिस्पर्धात्मक खेलभन्दा बढी सांस्कृतिक खेल थियो । यसकारण यसलाई जोगाउने प्रयास हामीले सबै प्रकारको प्रयत्न गर्नुपर्दछ । त्यसो गर्दा ठिक हुन्छ, जुन हाम्रा संस्किृतिका अन्य पाटा जोगाउनका लागि गर्नुपर्ने हुन्छ ।

    ० अहिलेको राष्ट्रिय खेल भलिबल गाउँ गाउँमा व्यापक छन् । यसको स्तरोन्नतिका लागि सरकारबाट के कस्ता काम भइरहेका छन् । यस खेलको थप विकासका लागि के गरिनुपर्दछ भन्ने लाग्दछ तपाईंलाई ?

    – भलिबल मात्र होइन, सबै खेलमा एउटै कुरा हो । खेलकर्मीले नै खेल सङ्घ चलाउनुपर्छ भन्ने हो । सरकारबाट जति हुनुपर्दथ्यो, पहिलो कुरा त्यति भएको छैन । सरकारी मान्छेको नियत सफा हुनुप¥यो । त्यसपछि त अरू कुरामा बहस हुन सक्छ । नियत विदेश घुम्ने, तारेहोटलमा भात खाने र पैसा कमाउनेभन्दा बढी नभएकाले खेल चलाएको देशमा भलिबल मात्र होइन, सबै खेलमा उही समस्या हुन्छ । यो सत्ता भएसम्म नेपालको कुनै खेलको स्तरोन्नति हुने सम्भावना छैन; किनकि उहाँहरूको प्राथमिकता नै यो होइन ।

    ० पछिल्लो समयमा नेपाली खेलाडीहरूले क्रिकेट र फुटबलमा पनि राम्रो प्रगति गरेका छन् । यसको स्तरोन्नतिका लागि राज्यले के कस्ता कदम उठाउनुपर्दछ भन्ने लाग्दछ ?

    – मैले एउटै कुरा भनेँ, पहिलो कुरा त नियत सफा हुनुपर्छ । सबै कुराको स्तर बढ्न देशमा मूलधारको राजनीतिमा मान्छेले सत्ता छाड्नुपर्छ । उहाँहरूको असली नियत देखेका छौँ । हामी नियत सफा राख्नुपर्छ भन्छौँ । उहाँहरूको नियत सफा हुने सम्भावना बागमतीमा सफा र कञ्चन पानी बग्नुजस्तै हो । राज्यले गर्ने सबैभन्दा उपयुक्त काम भनेकै राज्यले चलाउनेले राज्य चलाउन छाड्नु हो । अन्य सबै कुराको स्तरोन्नति यही कुराले मात्र सम्भव छ । फेरि तपाइले अर्को कुरामा स्तरोन्नति गर्न के गर्नुपर्छ भनेर नसोधे पनि हुन्छ ।

    ० खेल खालि बालक र युवाका लागि भए । प्रौढ तप्काका लागि पनि कुनै खेलको विकास गरिनुपर्दछ भन्ने यहाँलाई लाग्दैन ?

    – बालक र युवा नभई कोही बुढा त हुँदैनन् । बालकदेखि विकसित भएपछि र युवामा विकसित भएपछि बुढाका लागि केही न केही केही गर्नुपर्यो । आफै विकास भइहाल्छ । अहिले बालक र युवाका लागि धेरै भए भन्ने भ्रममा तपाईं हुनुहुन्छ । त्यो भ्रमबाट मुक्त हुनुहोस् । नेपालको खेल रङ्गशालामा खेल्ने खेलाडीका लागि भन्दा बढी मन्त्री, सदस्य सचिव, यिनका भरौटे, परिषद्का अधिकारीका लागि भएको छ । युवाका लागि खेलकुद अझै भएको छैन । खेल कुनै युवाका लागि भएको छ भने मन्त्रीका छोरा र सदस्य सचिवका छोराका लागि भएको छ । अरू त बुढाकै लागि भएको छ । हुन त आफूले खेलेर जित्ने ‘बा’ ले गरेर जितेको भन्ने खेलाडीहरू भएको देशमा धेरै कुराको अपेक्षा गर्न पनि कठिन हुन्छ ।

    ० अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घका आगामी कार्यक्रमहरू के कस्ता छन् ?

    – हाम्रो बृहत भेलाले आगामी कार्यक्रम तय गर्ने छ । अहिले मैले व्यक्तिगत रूपमा केही भन्नुभन्दा हामी औपचारिक रूपमा यो कुराको जानकारी गराउने छौँ ।

    ० अन्तमा युगदर्शनको तर्फबाट उल्लेख गर्नुपर्ने केही विषय वा प्रसङ्गहरू छन् कि ?

    – हामी नेपालीले साना लोभले सत्ताको चाकडी गर्दा जिन्दगी लुटाइरहेका छौँ । मासुपसलमा मासु भाग लगाएर बेचे झैँ हाम्रा जिन्दगीका दिन, महिना, वर्ष भाग लगाइदै बेचिएका छन् । यसरी हाम्रै अगाडि हाम्रै जिन्दगीको जिन्दगीको व्यापार गर्नेहरू खेल क्षेत्रमा पनि छन् । पहिलो त हामी नागरिक हौँ । यसबापत हाम्रो हक होला । यसपछि हामी लागेको क्षेत्रमा पनि हाम्रो हक होला । यसको खोजी गरौँ । कमसेकम हाम्रो जीवनको व्यापार गर्ने व्यापारीको गुलामी र चाकडी गर्न त छाडौँ ।

    प्रस्तुति : प्रकाश थापामगर

    सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.