• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पशुपतिमा पुजा गर्ने ओलीले हिन्दु राज्य बनाउन खोज्दैछन्ः अध्यक्ष केसी (फोटो फिचर)


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • बसन्त खड्का, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको आरोप पनि लगाउनु भयो ।

    Advertisement

    उहाँले भौतिकवादी कम्युनिस्ट पार्टीको अध्यक्ष पशुपतिमा पुजा अर्चना गर्नु तेसैको ताजा उदाहरण भएको तर्क गर्नुभयो ।
    संघीयताको विरोध गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले अन्य पार्टीहरुलाई संघीयता आजका दिनमा न्याउरी मारी पछुतो भएको बताउनुभयो । जनतालाई करको भारी मात्रै बोकाउन संघीयता थोपरिएको भन्दै उहाँले यो व्यवस्था देशको हितमा हुनै नसक्ने बताउनु भयो ।

    उहाँले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै चीनलाई घेरामा पार्ने उद्देश्यले एमसीसी परियोजन ल्याउन बल गरिएको बताउनुभयो ।

    देशमा कलकारखाना उद्योग धन्दा नभएको, गर्नुपर्ने काम नगरेर गलत बाटो हिँडेकोले समस्या मात्रै थोपरिएको नेता केसीले उल्लेख गर्नुभयो । जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल समेत गर्नुभयो ।

    चुनावको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै अध्यक्ष केसीले देशमा बिरामीले औषधी नपाउने, बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च त्यता लगाए केही राहत हुने बताउनु भयो ।

    देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको भन्दै अध्यक्ष केसीले अब सबै एकजुट भएर लागि पर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो । जनताले सधैँ एेक्यबद्द भएर देशमा ठूला ठूला परिवर्तन भएकोले जनतानै सबैभन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गर्नुभयो ।

    यस्तै, राजमो केन्द्रीय सदस्य मनोज भट्टले शेरबहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्रीको लोभ त्याग्न नसकेको बताउनु भयो ।

    उहाँले पहिलेका दिनमा पनि प्रधानमन्त्री पदको लागि शेरबहादुर देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको उदाहरण दिँदै अब देउवा र नेपाली कांग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आग्रह गर्नुभयो।केपी ओली अब नांगिसकेको भन्दै भट्टले नांगो नाच धेरै दिन नटिक्ने उल्लेख गर्नुभयो ।

    राजमो पूर्व केन्द्रीय सदस्य झबिलाल थापा, सागर केसी,शेरबहादुर बिसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा जिल्ला सचिव कल्पना पोख्रेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, जिल्ला सचिव बाबुराम पन्थीको सञ्चालन तथा उपाध्यक्ष गोपाल पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तु गर्नुभएको थियो ।

    सभा सुरु हुनु अघि राजमो पार्टी कार्यालयबाट निकालिएको र्‍यालीले बजार परिक्रमा पछि सन्धिखर्कको टुंडिखेलमा पुगी सभामा परिणत भएको थियो ।

     

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.