दिनेश रैदास,दाङ ।
गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं । विघटित संसदको पुनर्स्थापना र संघीयताका विरुद्ध संघर्ष गरौं । भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णय अनुसार गढवा गाउँपालिका वार्ड नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
गोविन्दराज चौधरीको अध्यक्षता,खुमानन्द पोख्रेलको सञ्चालन तथा सुमित्रा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्माले कार्यक्रमका उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।भेलालाई राजमो जिल्ला सदस्य कपिल देव खनाल, श्याम चौधरी, माया चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।
गोविन्दराज चौधरीको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन भएको छ। समितिको उपाध्यक्षमा पजिराम चौधरी, सचिव श्याम चौधरी र कोषाध्यक्षमा भिमा चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा आशाराम चौधरी, सुमित्रा चौधरी, धनमाया चौधरी, माया चौधरी, दलिराम चौधरी रहनुभएको जिल्ला सदस्य कपिलदेव खनालले जानकारी दिनुभयो ।