बसन्त खड्का, अर्घाखाँची ।
अखिल नेपाल युवक संघ अर्घाखाँचीले संघको ४०औं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भइ उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
Advertisement
संघले आफ्नो ४० औं स्थापना दिवसको अवसरमा बिरामीहरुको मनोबल र रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने उद्धेश्यले फलफुल वितरण गरेको जनाएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा गरेको सो कार्यको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले खुलेर प्रसंशा गर्नुभयो । उहाँले संघलाई धन्यवाद दिँदै आउँदा दिनमा अस्पताललाई जतिसक्यो सुधारको बाटोतर्फ डोर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
फलफूल वितरण कार्यक्रममा युवक संघ अर्घाखाँचीका जिल्ला समितिका पदाधिकारी, राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला समिति पदाधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।