• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एउटा सरकार चलाउन नसक्नेहरुले ८ वटा चलाउन खोज्नु मुर्खता मात्रै : केसी


  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको ८३ प्रतिशत बजेट तलवभत्तामा खर्च गरेर समृद्धि नआउने बताउनुभएको छ ।
    शनिबार बागलुङको हटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको बजेटमध्ये ८३ प्रतिशत साधारण खर्च भइरहेको जनाउँदै १७ प्रतिशत रकम विकास निर्माणमा लगाएर देश उँभो नलाग्ने बताउनुभयो ।

    Advertisement

    एउटा सरकार चलाउन नसक्नेहरुले ८÷८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउदै उहाँले संघीयता नेपाली जनताले थेग्न नसक्ने दोहोर्याउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष केसीले संघीयता खारेजीको वकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री केपी ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक कदम भएको केसीले बताउनु भयो । संविधानका रक्षक राष्ट्रपतिलेसमेत ओलीको असंवैधानिक कदममा साथ दिएको उहाँको आरोप थियो ।

    ‘राष्ट्रपति संविधानको संरक्षक हुन् । राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको छ’ केसीले भन्नुभयो, ‘जनताले स्थायी सरकारका लागि समर्थन दिएका हुन् । जनमत माथि कुठाराघात गर्ने अधिकार ओली सरकारलाई छैन ।’

    अध्यक्ष केसीले लिम्पियाधुरा, लिपुलेख कालापानी क्षेत्रको नक्शा पारित गरेपनि विद्यार्थीको पाठ्यक्रम प्रकाशित गर्न रोक्नु भारतलाई खुसी पार्ने काम भएको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार, बलात्कारका घटना बढिरहेको चर्चा गर्दै ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न सशक्त आन्दोलनको उठान गर्नुपर्नेमा जोड दिनु भयो ।

    ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जनसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकालले पनि मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु लक्षमण पुन, नेत्र बुढाथोकी, तिर्थसिङ थापा, बिष्णु बस्नेत, कृष्णा पुन, पदम श्रेष्ठ, खडक बिक, सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, जातीय समता समाज बागलुङका सचिव टिका संगम बिक, अखिल नेपाल युवक संघ बागलुङका कोषाध्यक्ष अनिल गिरी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सह सचिव तिलबहादुर गुरुङ, अखिल नेपाल महिला संघ बागलुङका सदस्य दुर्गा पुन, अखिल (छैठौं) बागलुङका सदस्य गणेश सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोट सचिव लालबहादुर राना लगायतको आतित्थ्यता रहेको थियो ।

    बिरोध सभाभन्दा पूर्व सुरु भएको जुलुसले हटिया बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुति रहेको थियो ।

    राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सल्लाहकार एवं गलकोट नगर समितिका अध्यक्ष टंक बहादुर केसीको अध्यक्षता, राजमो गलकोटका सदस्य तथा अखिल नेपाल महिला संघ गलकोटका अध्यक्ष देबी खत्रीको स्वागत मन्तव्य र राजमो बागलुङका सचिव भिमलाल पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.