काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध पूर्व निर्धारित आन्दोलनका कार्यक्रम परिमार्जन गर्दै सो पार्टीले आम हड्ताल घोषणा गरेको हो ।
Advertisement
प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा नेत्री पम्फा भुसालले बुधबार साँझ देशभर मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइएको छ ।