काठमाडौं । नुवाकोटमा नेकपाका दुई समूहबीच झडप भएको छ । ओली समूहको कार्यक्रमलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
Advertisement
उपप्रधानमन्त्री एवं ओली समूहका नेता ईश्वर पोखरेल र मन्त्री टोपबहादुर रायमाझी सम्मिलित कार्यक्रमलाई प्रचण्ड पक्षले विथाल्ने प्रयास गरेका छन् । त्यसक्रममा उपप्रधानमन्त्री पोखरेलको गाडीमा तोडफोडसमेत भएको छ ।
प्रहरीले उपप्रधानमन्त्री पोखरेललाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले बाटोमा अवरोध गर्न खोजेपछि अवस्था तनावग्रस्त भएको जनाएको छ ।