टेकराज भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समितिले संसद विघटनको बिरुद्धमा नगरव्यापी बिरोध कार्यक्रम जारी राखेको छ । जस अन्तर्गत आज भूमिकास्थान वार्ड नम्बर २ को नाच्नेचौर, वार्ड नम्बर ४ को मदेनडाँडा र वार्ड नम्बर ६ को खिल्जीमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को नाच्नेचौरमा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द विसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, जिल्ला अध्यक्ष जिवनारायण खनाल, राजमो राष्ट्रिय परिषद सदस्य खड्कबहादुर थापा, राजमो नगर सदस्य भोजराज खनाल, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीले सम्बोधन गर्नुभएको थियोे ।
कार्यक्रममा अखिल नेपाल युवक संघ भूमिकास्थान २ का अध्यक्ष मोहन भुसाल, अखिल नेपाल महिला संघकी मिना सुनार, अखिल (छैठौं)का नेता टेकराज भुसाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम ओमप्रकाश खनालको अध्यक्षता, नारायण खनालको सञ्चालन र वावुराम खनालको स्वागतबाट अघि बढेको कार्यक्रममा नेकपाका दर्जनौं नेता कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । नवप्रवेशिलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले सदस्यता प्रदान गर्नुभएको थियो।

त्यस्तै भूमिकास्थान ४ को मदेनडाँडामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव वावुराम पन्थी लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा राजमो अर्घाखाँचीका सदस्य मिना आले, समता समाजका जिल्ला उपाध्यक्ष कृष्णबहादुर सुनार, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद बन्जाडे, महिला संघकी कमला खत्री, कर्मचारी संघका भुपाल पुन, युएई नेपाली समाजका अजय केसी लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम दुर्गा भुसालको अध्यक्षता, हरि आलेको सञ्चालन र कमला खत्रीको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।
त्यस्तै भूमिकास्थान– ६ को खिल्जीमा भएको कार्यक्रमलाई अखिल नेपाल किसान महासंघ (अप्पा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव सकुन्तला राना र राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य कविराम खनालको विशेष उपस्थितिमा सम्पन्न भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।





