खलङ्गा । प्युठान, झिमरुक–३ आफरेखोला कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको आयोजनामा शनिवार प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
प्रशिक्षणात्मक भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घ (अप्फा) झिमरुकका सदस्य एवम् वडा नं. ३ का अध्यक्ष मीनबहादुर खत्रीले तालीको गडगडाहटका साथमा सम्बोधन गर्नुभयो । उहाँले नेपालमा राजमोले समर्थन गरेको दुईतिहाइ बहुमतप्राप्त गरेको ओली सरकारले अनावश्यक सत्ता खिँचातानीमा प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी शक्तिलाई खुसी पार्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा राजमोका जिल्ला सदस्य तथा झिमरुक गाउँपालिका समितिका सचिव केसरजङ्ग एमसी, जातीय समता समाजका जिल्ला कोषाध्यक्ष विनोद विक, राजमो वडा नं. ३ का सचिव एवम् वडासदस्य नवराज केसी, राजमोका पूर्व वडासदस्य रणबहादुर जिसी, समाजसेवी निजबहादुर जिसी, राजमो वडा नं. ३ का कोषाध्यक्ष धर्मबहादुर केसी, अखिल नेपाल महिला सङ्घ वडा नं. ३ की सदस्य कल्पना जिसी र जबुना वक, अखिल (छैठौं) दाङका जिल्ला सचिव लक्ष्मण पजक, अखिल नेपाल युवक सङ्घ झिमरुक–३ का सदस्य किरण जिसी र हरि बिकले सम्बोधन गर्नुभएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका परिषद् सदस्य कृष्ण बराल विकले प्रगतिशील कविता वाचन गर्नुभएको थियो ।
भेलाले राष्ट्रिय जनमोर्चाको आफरेखोला कुटेडाँडा टोल समिति गठन गरेको छ । समितिको अध्यक्षमा भीम बहादुर कार्की, उपाध्यक्षमा निजबहादुर केसी, कोषाध्यक्षमा अमृता परियार र सचिव बिसना विक रहनुभएको छ । त्यस्तै सदस्यहरूमा रणबहादुर जिसी, मोहन केसी, होमबहादुर महतरा, कमला परियार, भूमा विक, रामबहादुर जिसी, कुशुम परियार र सुनिता विक रहनुभएको छ ।
भीमबहादुर कार्कीको अध्यक्षतामा तथा जुमान विकको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा सहिदहरूको सम्झनामा एकमिनट मौन धारणपश्चात उपस्थितत जनसमुदायलाई रमा परियारले मन्तब्यमार्फत स्वागत गर्नुभयो ।





