महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले महेन्द्रनगरमा निकालेको मसाल जुजुशमा प्रहरीले हस्तक्षेप गरेको छ । संसद पुनर्स्थापनाको माग गर्दै शुक्रबार साँझ महेन्द्रनगर बसपार्कबाट निकालेको मसाल जुलुश मदनचोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीको लाठी प्रहारबाट राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं)का महासचिव महेशराज जोशी, कञ्चनपुर जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुस्कर भट्ट र राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर घाइते हुनुभएको छ ।
विद्यार्थी नेता पुष्कर भट्टको हात भाँचिएको छ भने महेश भट्टलाई गहीरो चोट लागेको छ । उहाँहरुको महाकाली अञ्चल अस्पतालमा उपचार गरिएको छ ।

यसैबी अखिल (छैठौं) ले मसाल जुलुसमा भएको प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै घाइतेहरुको निशुल्क उपचारको माग गरेको छ । अध्यक्ष वीमल पोख्रेलले जारी गर्नुभएको विज्ञप्तिमा संघर्षमा होमिएका आन्दोलनकारीमाथि कुनै प्रकारको दमन नगर्न चेतावनी दिइएको छ ।