• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

निर्वाचन आयोगले तिलक पुनलाई वडाध्यक्षबाट हटायो


  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ ढोरपाटन नगरपालिका–४ का निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले हटाएको छ ।

    Advertisement

    त्यसैगरी निर्वाचन आयोगले सोही वडाका वडासदस्य तिलबहादुर फगामीलाई पनि पदबाट हटाएको छ । यससँगै ती दुवै पद हाल रिक्त अवस्थामा रहन गएका छन् ।

    राष्ट्रिय जनमोर्चाको मागबमोजिम निर्वाचन आयोगले यस खालको निर्णय गरेको राजमो केन्द्रीय कार्यालयद्वारा जारी प्रेसवक्तव्यमा जानकारी गराइएको छ ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ माघ ५ गते प्रसारित प्रेसवक्तव्यमा यसबारे जानकारी गराइएको हो ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–“राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित तिलक पुन र सोही वडा नं. ४ का वडासदस्य पदमा निर्वाचित तिलबहादुर फगामीको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको मागबमोजिम निजहरू दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको छ । ढोरपाटन नगरपालिकासहित सम्बन्धित निकायहरूले त्यसको कार्यान्वयनको लागि र आम रूपमा जानकारीका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टीकै साथीहरूसँग झगडा गर्ने र कुटपिट गर्ने क्रियाकलापहरू गर्दै आएका थिए । गत वर्षको कार्तिक महिनामा दलबलसहित राष्ट्रिय जनमोर्चाकै साथीहरूलाई आक्रमण गरी कुटपिट गरे । उक्त घटनामा स्वयम् तिलक पुन पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्दा उनीहरू दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो । सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरूमा सुधार आएन । गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका–४ खुँगाका जनतालाई वितरण गर्न लैजाँदै गरेका खाद्य राहत सामग्री खोसेर खोलामा फ्याँकिएको थियो भने बिरामीलाई उपचार गर्नका लागि वितरण गर्न लगेको रकम पनि खोसिएको थियो । उक्त घटनाको छानबिन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाइमा उक्त घटना घटेको पाइयो । पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र जनहित विरोधी घटना भनी उनीहरूलाई पार्टीसदस्यसमेतबाट अनिश्चित कालका लागि निष्कासन गर्ने र उनीहरुको निर्वाचित पदसमेत रिक्त गर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णयानुसार निर्वाचन आयोगको उनीहरूको निर्वाचित पद रिक्त गर्ने निर्णयलाई हामीले सकारात्मक रूपमा लिन्छौँ । यो निर्णयले जनहित विरुद्ध र अपराधपूर्ण कार्यमा संलग्न तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पार्टी त्याग गरेको वा उक्त पार्टीको सदस्य नरहेको अवस्थामा निर्वाचित पद रिक्त हुने नजिर स्थापित भएको छ ।”

    यो पनिः

    ढोरपाटन नगरपालिका–४ का वडाअध्यक्ष पुन ज्यान मार्ने उद्योगमा पक्राउ

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.