• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मसालको ठहर : भारतको मिचाहा प्रवृत्ति पुनः उदांगियो, सशक्त कुरा राख्न सरकार असफल


  •   शनिबार, माघ ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने फेरि दोहोर्याएको छ । हालै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विवादलाई उठाएको भएपनि भारतले त्यसबारे कुरा गर्न नचाहेको भन्दै मसालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार प्रेसित गर्नुभएको वक्तव्यमा भारतले प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन अस्वीकार गरेर नेपालसँग थोरै मात्रामा पनि समानताको आधारमा व्यवहार गर्न नचाहेको स्पष्ट भएको बताउनुभएको छ ।

    दिल्लीमा भएको नेपाल र भारतका बीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा नेपाली पक्ष नेपालको राष्ट्रियता सम्बन्धी विषयहरुलाई सशक्त प्रकारले उठाउन असफल भएको र अहिलेको बैठकमा भारतको मिचाहा प्रवृत्ति पुनः उदाङ्गो भएर अगाडि आएको सिंहले बताउनुभएको छ ।

    यस्तो छ, वक्तव्य
    १. नेपाल र भारतका परराष्ट्र मन्त्रीहरुको बैठकबारे पत्रपत्रिकाहरुमा आएका समाचारबाट नेपालले उठाएका महत्वपूर्ण राष्ट्रिय प्रश्नहरुमा भारतीय पक्षले उपेक्षाको दृष्टिकोण अपनाएको कुरा प्रष्ट भएको छ । अर्कातिर कतिपय महत्वपूर्ण विषयहरुमा नेपालले भारतीय दबाबमा आएर सहमति गरेको कुरा पनि देखिएको छ ।

    २. नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विवादलाई उठाएको भएपनि भारतले त्यसबारे कुरा गर्न नचाहेको देखियो । भारतले नेपालको भूमिमा अधिपत्य कायम गरेको छ । त्यसकारण त्यसको समाधान गर्नका लागि त्यसले कुनै कुरा नगर्ने कुरा प्रष्ट छ । भारतले त्यसै गरेर अनिश्चितकालसम्म त्यहाँ आफ्नो प्रभुत्व कायम गरिराख्न चाहन्छ । त्यो अवस्थामा त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने वा त्यसलाई संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने आवश्यकता भएको कुरा झन् प्रष्ट भएको छ । तर सरकारले त्यतातिर ध्यान दिइरहेको छैन । सरकारको त्यस प्रकारको नीतिको हाम्रो पार्टीले कडा आलोचना गर्दछ ।

    ३. प्रवुद्ध समूह(इपीजी)को प्रतिवेदनबारे पनि अहिलेको परराष्ट्रमन्त्री स्तरीय बैठकमा कुनै समझदारी हुन सकेन । प्रवुद्ध समूहले करिब साढे दुई वर्ष परिश्रम गरेर त्यो प्रतिवेदन तयार पारेको थियो । तर त्यो प्रतिवेदन बुझाएको करिब २ वर्ष हुँदासम्म पनि भारतीय प्रधानमन्त्री त्यसलाई बुझ्न तयार भएका छैनन्, त्यसलाई कार्यान्वयन गर्ने कुरा त धेरै टाढाको कुरा भयो । त्यो प्रतिवेदन कहाँसम्म समानताको आधारमा र नेपालको हितमा छ ? त्यो कुरा त त्यो प्रतिवेदन पढेपछि नै थाहा हुने कुरा हो । तैपनि त्यो जुन रुपमा भएपनि त्यसलाई बुझ्न भारतीय प्रधानमन्त्रीले अस्वीकार गरेकोबाट गतकालमा नेपालसित भएका सबै असमान सन्धिहरुमा थोरै पनि सुधार गर्न भारत तयार नरहेको कुरा बुझिन्छ । त्यसको त्यसप्रकारको दृष्टिकोणले भारत सरकारको अत्यन्त दुराग्रहपूर्ण दृष्टिकोणलाई नै बताउँछ ।

    ४. अहिलेको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा नेपालले संयुक्त राष्ट्रको सुरक्षा परिषदको स्थायी सदस्यको लागि भारतलाई समर्थन गर्ने कुरा बताइएको छ । भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वीकार नगरेको, कालापानी, लिपुलेक र लिम्पियाधुरामा कब्जा जमाएको भारतीय प्रधानमन्त्री ले इपीजीको प्रतिवेदनलाई बुझ्न अस्वीकार गरेको समेत कुरामाथि ध्यान दिँदा सुरक्षा परिषदको स्थायी सदस्यताका लागि भारतलाई समर्थन गर्ने कार्य अत्यन्त गलत भएको छ । भारतीय पक्षको दबाबमा आएर नै नेपालले त्यसरी भारतलाई समर्थन दिएको कुरा बुझ्न गाह्रो पर्दैन । सरकारको त्यसप्रकारको भारतपरस्त नीतिको पनि हाम्रो पार्टीले कडा शब्दमा आलोचना गर्दछ ।

    ५. समग्र रुपमा यो भन्न सकिन्छ कि अहिले दिल्लीमा भएको नेपाल र भारतका बीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा नेपाली पक्ष नेपालको राष्ट्रियता सम्बन्धी विषयहरुलाई सशक्त प्रकारले उठाउन असफल भएको छ र अहिलेको बैठकमा भारतको मिचाहा प्रवृत्ति पुनः उदाङ्गो भएर अगाडि आएको छ । भारतको त्यसप्रकारको कार्यविधिले त्यसको साम्राज्यवादी चरित्रलाई नै बताउँछ । त्यसप्रकारको अवस्थामा भारतलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको स्थायी सदस्यको लागि समर्थन गर्ने नीतिले ओली सरकारमा बढ्दै गएको भारतपरस्त दृष्टिकोणलाई नै बताउँछ । त्यो अवस्थामा, एकातिर, भारतको नेपालप्रतिको साम्राज्यवादी नीतिका विरुद्ध व्यापक राष्ट्रिय आन्दोलन उठाउनुपर्ने र, अर्कातिर, ओली सरकारको भारतपरस्त नीतिको विरुद्ध पनि संघर्ष बढाएर लैजानुपर्ने आवश्यकता बढेर गएको कुरा प्रष्ट छ ।
    २०७७ माघ ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शनिबार, माघ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.