• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सगरमाथाबारे आपत्तिजनक अभिव्यक्तिको २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोध


  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । सगरमाथाबारे भारतीय सञ्चार माध्यमद्वारा दिइएको नेपाली सार्वभौमिकता विरोधी अभिव्यक्तिको २३ राजनीतिक दल तथा सङ्घसंस्थाले विरोध गरेका छन् ।

    Advertisement

    उनीहरूले यस खालको अपमानजनक टिप्पणी गर्ने जीन्युज टेलिभिजन च्यानल विरुद्ध परराष्ट्र मन्त्रालयमार्फत अविलम्ब कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि उनीहरूले माग गरेका छन् ।

    २३ राजनीतिक दल तथा सङ्घसंस्थाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलद्वारा २०७७ माघ १ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी दिइएको हो ।

    वक्तव्यमा परराष्ट्र मन्त्रीको भारत भ्रमणको क्रममा लिम्पियाधुरा–कालापानी–लिपुलेक मामिला, १९५० को सन्धिको खारेजी, कोभिड–१९ को खोप आयात, सुस्ता, महेशपुरलगायतका क्षेत्रमा भारतीय अतिक्रमणजस्ता विषय उठाउन सुझाव पनि दिइएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “केही महत्त्वपूर्ण राजनीतिक घटनाक्रमको विषयमा २३ राजनीतिक सङ्गठनको कार्यगत एकताको तर्फबाट यो वक्तव्य जारी गरिएको छ ।

    १. प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासमा आमन्त्रित गरेर गत पौष २७ गते लामो अन्तर्वार्ता दिएको भारतको जीन्युज च्यानलका सम्पादकले हाम्रो देशको कालापत्थरमा गएर सगरमाथालाई पृष्ठभागमा देखिने गरी खिचाएको फोटोसमेत प्रदर्शन गर्दै नेपालको सार्वभौमिकतामाथि नै आँच आउने गरी सर्वोच्च शिखर एभरेस्टमाथि भारतले दावी गर्नुपर्छ भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसको हामी घोर भत्र्सना गर्दछौँ । हाम्रो राष्ट्रको यस किसिमबाट अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारबाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्ने काम अविलम्ब अघि बढाउन यो सरकारसँग जोडदार माग गर्दछौँ ।

    २. परराष्ट्र मन्त्रीको आसन्न भारत भ्रमणका दौरानमा प्रस्तावित मन्त्रीस्तरीय बैठकमा निम्नलिखित विषयलाई महत्त्वका साथ उठाउने र पारित गर्ने सुझाव दिन चाहन्छौँ :

    (क) भारत सरकारले आफ्नो नक्सामा राखेको हाम्रो देशको भूभाग लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो नक्सामा सामेल गराउने महत्त्वपूर्ण काम गरेको छ । तर भारतले त्यो क्षेत्र अहिलेसम्म छाडेको छैन । अविलम्ब उक्त भूभाग छोड्न लगाउनका साथै कालापानीबाट भारतीय सेना हटाउने काम गरियोस् ।

    (ख) नेपाल र भारतका बिचमा भएको ‘१९५० को असमान सन्धि खारेज गराउने प्रस्ताव प्रस्तुत गरेर निर्णयस्तरमा लगियोस् ।

    (ग) कोभिड–१९ को खोपबारे सबै विषय टुङ्ग्याएर आवश्यक मात्रामा भारतबाट खोप ल्याउने व्यवस्था गरियोस् ।

    (घ) सुस्ता, महेशपुरलगायतका भारतद्वारा मिचिएका नेपाली भूभाग फिर्ता गर्ने व्यवस्था गरियोस् ।

    (ड) नेपाल भारत प्रबुद्ध व्यक्ति समूहद्वारा नेपाल र भारतका बिचमा गरिएको १९५० को सन्धिको विषयमा तयार पारिएको सुझावलाई भारतीय प्रधानमन्त्रीद्वारा ग्रहण गर्ने तथा त्यसलाई कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।”

    २३ राजनीतिक दल तथा सङ्घसंस्थाको कार्यगत एकतामा सम्मिलित सङ्गठनहरू यस प्रकार रहेका छन्–

    १. नेकपा (मसाल), २.नेकपा (क्रान्तिकारी–माओवादी), ३.नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी–केन्द्र), ८. नेकपा (माओवादी–केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च, १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद नेपाल, १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्सेभिक), १५. राष्ट्रवादी केन्द्र नेपाल १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. नेकपा (माओवादी), २३. समाजवादी राष्ट्रिय मञ्च नेपाल ।

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.