• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन जेठ २१ देखि कञ्चनपुरमा


  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ ।

    Advertisement

    अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो ।

    अखिल (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी आन्दोलनको घोषणा पनि गरेको छ । त्यस क्रममा आउँदो माघ २ गते देशैभर मसाल जुलुश प्रदर्शन गरिनेछ । यस्तै, युनियनले संगठन निमाएणका लागि विभिन्न योजनाहरु समेत बनाएको छ ।

    बैठकपछि अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्ति यस्तो छः
    ‘अखिल (छैठौं) केन्द्रीय समितिको सातौं पूर्ण बैठक २०७७ पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक र देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरिएको छ ।

    २. संसद विघटनको विरुद्ध २०७७ माघ २ गते देशभरका जिल्ला सदरमुकाम तथा स्थानीय तहमा मसाल जुलुस सम्पन्न गर्ने निर्णय गरिएको छ । मसाल जुलुसलाई सफल पार्न सम्पूर्ण विद्यार्थी तथा जनसमुदायलाई अपील गर्दछौं ।

    ३. कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी विवादका कारण लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयहरुमा नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पुरानो पाठ्यक्रमअनुसार पढाइ गर्न माग गर्दै शैक्षिकसत्रको मध्यतिर सर्वाेच्च अदालतमा मुद्दा हालिएको थियो । मुद्दाको कैयौंपटक लगातार पेशी सरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिइसकेको अवस्थामा सर्वाेच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिंदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन अखिल (छैठौं)ले माग गर्दछ ।

    ४. अखिल (छैठौं)को २२औं राष्ट्रिय सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरिएको छ । सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरु गठन गरिएको छ ।

    क. अध्यक्ष विमल पोखरेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव महेशराज जोशीको संयोजकत्वमा सम्मेलनस्थल व्यवस्थापन समिति, सचिव सुवास जीसीको संयोजकत्वमा प्रचारप्रसार समिति, सचिवालय सदस्य उमेश कंडेलको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

    ख. सम्मेलन तयारीको लागि १ नम्बर प्रदेशमा सचिवालय सदस्य नवीन पाण्डे, २ नम्बर प्रदेशमा केन्द्रीय सदस्य विवेक जीसी, बागमती प्रदेशमा सचिव सुवास जीसी, गण्डकी प्रदेशमा उपाध्यक्ष गणेश अधिकारी, लुम्बिनी प्रदेशमा उपाध्यक्ष देवेन्द्र कुंवर, कर्णाली प्रदेशमा केन्द्रीय सदस्य हरि बुढा र सुदुरपश्चिम प्रदेशमा महासचिव महेशराज जोशीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    ग. राष्ट्रिय सम्मेलन तयारीको लागि माघ १५ गतेसम्म प्रदेशका बैठकहरु सम्पन्न गर्ने, माघ ३० गतेसम्म जिल्लाका बैठकहरु सम्पन्न गर्ने, २०७८ जेठ १० गतेसम्म सबै जिल्लाहरुका सम्मेलन तथा भेलाहरु सम्पन्न गर्ने र जेठ १५ गतेसम्म प्रतिनिधि पर्यवेक्षकको नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय भएको छ ।

    ४. केन्द्रीय सचिवालय सदस्य सिर्जना जीसीले दिएको राजीनामा स्वीकृत गरी सचिवालय सदस्यमा नवीन पाण्डे
    (सुनसरी)लाई मनोनयन गरिएको छ ।’

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.