• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अहिले पनि महिलाहरुमा वर्षौंसम्म रोग लुकाएर बस्ने समस्या छ : डा कविता साह


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले पछिल्ला दिनमा कतिपय भौतिक प्रगतिसहित जनविश्वास जित्दै गइरहेको छ । केही वर्ष अघिसम्म सिमावर्ती भारतीय शहरका अस्पतालहरुमा बिरामी पठाउने ‘रिफर सेन्टर’ का रुपमा परिचित यो अस्पतालले अहिले कतिपय रोगको उपचारमा गुणस्तरीय सेवा दिन थालेको छ । हाल अस्पतालमा विभिन्न रोगसँग सम्बन्धित थुप्रै विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् । अस्पतालले अन्य सेवासँगै महिला रोगसँग सम्बन्धित बिरामीहरुलाई गुणस्तरीय सेवा सेवा पुर्याइरहेको छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ, डा. कविता साह । उहाँ एक चिकित्सकसँगै समाजसेवीको रुपमा पनि परिचित हुनुहुन्छ ।

    Advertisement

    डा. साह महाकाली अस्पतालमा आएपछि महिला रोगको उपचारमा अस्पतालले गुणस्तरीय फड्को मारेको सम्बन्धित क्षेत्रका व्यक्तिहरु बताउँछन् । यसै सम्बन्धमा प्रस्तुत छ, महाकाली अस्पतालले पुर्याइरहेको सेवा र महिलासँग सम्बन्धित रोगको अवस्थालगायतका विषयमा कञ्चनपुरस्थित युगदर्शन सम्बाददाता पुष्कर भट्टले डा. साहसँग गरेको कुराकानीको सम्पादित अंश ।

    तपाइँ एक जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ, यो आफैँमा गौरवपूर्ण परिचय हो । यस वाहेक तपाइँ आफूलाई कसरी परिचित गराउन चाहानुहुन्छ ?
    म डा. कविता साह, मानव सेवामा आफूलाई समर्पित गरेको मान्छे । सेवा गरिरहने, मेहनत गर्न मन पराउने एक जना डाक्टर हुँ भनि आफूलाई परिचित गराउन चाहन्छु ।

    समाजमा मान्छे पैसा कमाउन मरिहत्ते गरिरहेका बेला एक जना डाक्टर भएर तपाइलाई सेवा भावनाको विकास कसरि भयो ?
    म एक शिक्षित परिवारबाट प्रतिनिधित्व गर्ने भएर पनि होला, पैसा कमाउने भावनाको विकास कहिल्यै भएन । मलाई आमाबाबाले कहिल्यै पैसाको कमि हुन पनि दिनुभएन त्यसैले खासै अभाव भोग्नुपरेन । विचार सबैको एकै हुन्छ भन्ने पनि हुँदैन । मलाई सानैदेखि राम्रोसँग पढेर रामो काम गर्नुपर्छ र समाजको सेवा गर्नुपर्छ भन्ने भावना मात्रै आयो । यो पैसा कमाउने भन्ने भावनाले कहिले पनि छोएन ।

    तपाइँले महिला रोग विशेषज्ञता नै किन रोज्नुभयो ?
    महिलालाई नै महिलाहरुले आफ्नो समस्या खुलेर भन्न सक्छन् । हाम्रो समाज‌ अझै पनि आफ्ना समस्या पुरुष डाक्टरलाई भन्न सक्ने अवस्था छैन । नेपालमा महिला रोग विशेषज्ञ महिलाहरु कमै छन् । यसले गर्दा महिलाहरु कतिपय अवस्थामा आफ्ना समस्या खुलेर भन्न नसक्ने र रोग लुकाएर बस्ने अवस्था छ ।

    अधिकांश महिलाहरुमा आफ्ना केही न केही समस्या हुन्छन् । तर ती समस्या पुरुष डाक्टरसँग उनीहरु खुलेर भन्न चाहँदैनन् वा सक्दैनन् । उनीहरुले आफ्ना समस्याबारे खुल्न महिलाकै खोजी गरिरहेका हुन्छन् । यो अवस्थामा पर्याप्त महिला रोग विशेषज्ञ महिला नहुँदा उनीहरु वर्षौंदेखि आफ्ना रोग लुकाएर बस्ने गरेका छन् । त्यसैले मैले महिलाका रोगसँग सम्बन्धित समस्या समाधानका लागि आफूले सक्दो योगदान गर्नेछु भन्ने अठोटका साथ नै स्त्रीरोग विशेषज्ञ बनेकी हुँ ।

    यहाँले सुदूरपश्चिमको यस‌ अस्पतालमा काम गरिरहँदा कस्ता–कस्ता रोगबाट महिलाहरु ग्रसित भएको पाउनृुभयो ? अधिकांशमा देखिने समस्या र धारणा कस्तो पाउनुभएको छ ?
    मैले यस अस्पतालमा काम गर्दै गर्दा अधिकांश महिला हरुको महिनवारी समयमा नहुने, कहिले धेरै हुने, कुनैमा हुँदै नहुने, बाँझोपन, पाठेघर सम्बन्धी समस्या बढि मात्रा रहेको छ । यसबाट बँच्न सरसफाईमा बढि ध्यान दिनुपर्ने हुन्छ । पानी धेरै कम पिउने गर्नाले समेत कहिले काँहि यस्ता समस्या आइदिने गर्दछन् र मुख्य कुरा त जनचेतनाको कमि पनि रहेको छ । किनभने महिलाहरु अझै पनि खुलेर समस्या भन्न नसक्ने, सासु, श्रीमान लगायत अरु मान्छेबाट समस्या भन्न लगाउने गर्दछन् ।

    त्यसकारण पनि समस्या के हो सबै कुरा स्पष्ट हुँदैन र रोग पालेर बसेका हुन्छन् । महिला सम्बन्धी अधिकांश रोग त सरसफाईको कमि, महिनावारी तथा प्रसुति भएको बेला कडा मिहेनतको कारण हुने गर्दछन् । अर्को समस्या बाँझोपन को पनि छ । यता अधिकांशको धारणा महिलामा मात्रै यो रोग देखिन्छ भन्ने धारणा रहेछ । पुरुषलाइ चेकजाँच नगर्ने महिलालाई नै दोष दिने गर्दा रहेछन् ।

    तपाइँ महिला रोग विशेषज्ञ भएको नाताले वर्षौंसम्म आन्तरिक समस्या लुकाएर बस्ने महिलाहरुलाई के सल्लाह दिन चाहानुहुन्छ ?
    हो, यो कुरा तपाइँले ठिक भन्नु भयो, अझै पनि सबै महिला त नभनौं तर धेरै मात्रामा महिलाहरुमा यो समस्या देखेँ मैले । सुरुमा त भन्दै नभन्ने, भनिहाले पनि श्रीमान, सासु, नन्द आदि मार्फत समस्या भन्न लगाउने र औषधि लैजान खोज्ने तर चेकजाँच गराउन लाज मान्ने प्रवृत्ति अझै हटेको छैन धेरैमा । म यस्ता महिलालाई के सल्लाह दिन चाहन्छु भने म पनि तपाइँ जस्तै एक महिला हुँ । मलाइ एक साथी सोचेर भएपनि सबै कुरा सेयर गर्नुहोला मलाई भनेर तपाइँलाइई‌ लाज हुँदैन बरु तपाइको समस्याको समाधान हुन्छ । त्यसकारण मलाइ खुलस्त भएर भन्दा हुन्छ, मसँग डराउन र लजाउनु पर्ने कुनै कारण छैन भनेर खुलेरै कुरा गर्न सल्लाह दिन्छु । डक्टरलाई समस्या भने लाज हुँदैन बरु नभने पो‌ समस्या बल्झिन्छ अनि लाजले ज्यान समेत लिन सक्ने हुन्छ ।

    महाकाली उपप्रादेशिक अस्पतालमा काम गरिरहँदा अस्पतालले दिएको सेवा सुबिधाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
    अस्पतालले दिएको सेवा प्रति भन्दा पनि मैले अस्पताललाई‌ के दिन सकेँ भन्ने तर्फ मेरो ध्यान बढि गयो । अस्पतालले मलाइ सेवा गर्न मौका दिएको छ । त्यस प्रकारको कुनै असन्तुष्टी छैन । किनभने मलाई मेरो सुविधाहरू दिएकै छ । मलाई यहाँका जनताको सेवा दिने मौका दिएकोमा सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु । मुलतः मेसु डा. हरि दाई (डा. हरिकुमार श्रेष्ठ), डा विरेन्द्र बुढाल, अध्यक्ष बोक्सर सर (कृष्णदत्त जोशी) लगायत नाम त धेरैको थाहा भएन, व्यावस्थापन टिमलाई‌ र स्थानीय जनतालाई‌ धन्यवाद दिन चाहन्छु जसले मलाइ माया गर्नुहुन्छ, विश्वास गर्नुहुन्छ । समग्रमा म अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छु ।

    पढेर डाक्टर बन्ने चाहना भएका नयाँ पुस्ताका किशोर किशोरीहरुलाई तपाइँ के सल्लाह दिन चाहानुहुन्छ ?
    उनीहरुलाई म के सल्लाह दिन चाहन्छु, भने तपाइ‌ँको इच्छा छ भने म सक्दिन भनेर कहिले पनि पछाडी नफर्कनु होला । किनभने तपाइँको मेहनत भन्दा ठुलो धन केही पनि छैन । तपाइँ आर्ट्स, कमर्स, साइन्स आदि जे पढे पनि मेहनत विना सफलता मिल्ने वाला छैन । त्यसकारण मेहनत गरी पढ्न र सेवाको भावना लिएर काम गर्न सल्लाह दिन्छु।

    अन्त्यमा मैले नसोधेका तर तपाइँलाई भन्न‌ मन लागेका केही कुरा छन् कि ?
    म सम्पूर्णमा के भन्न चाहन्छु भने धेरै जसो रोगहरु सरसफाईको कमिले‌ हुने गर्दछन् । त्यसमा पनि महिलाले व्यक्तिगत सरसफाइमा बढी भन्दा बढी ध्यान दिनुहोला अनि प्रसस्त मात्रामा पानी पिउनु होला ।

    र, अन्त्यमा म मेरो आमाबुबालाई प्रणाम गर्न चाहन्छु उहाँहरुले आज मलाई यो ठाउँसम्म पुग्ने बनाउनु भयो । आफूले दुःख गरेपनि मलाई दुःखबाट टाढा राख्नु भयो । मलाई कुनै प्रकारको अभाव हुन नदिने आमाबाबालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । र मेरा कुरा आम जगतमा पुर्याउन सहयोग गर्नु भएकोमा युगदर्शन र यहाँलाई पनि धन्यवाद ।

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.