• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ६. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ७. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • ८. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ९. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

बुढीगण्डकी बाढीले दिएको चेतावनी


  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित
  • भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीको पीडा कम हुन नपाउँदै असोज २५ गते बिहान बुढीगण्डकी जलाधार क्षेत्रमा पुनः बाढी आएको छ, यद्यपि यो बाढीको दुष्परिणाम भोटेकोशी–त्रिशूलीको जस्तो छैन । फेरि पनि बाढीको प्रकृति उस्तै छ । त्यसका बाबजुद हिमपहिरोकै कारण बुढीगण्डकी नदीमा बाढी आयो भन्ने प्रमाण अहिलेसम्म प्राप्त भएको छैन तर जलवायु परिवर्तनकै कारण यो विपत्ति आइपरेको मान्न सकिन्छ किनकि भोटेकोशी–त्रिशूलीमा जस्तै बुढीगण्डकीमा पनि पानी थुनिएर कृत्रिम बाढी आएको छ । भोटेकोशी–त्रिशूलीमा जस्तै बुढीगण्डकी बाढीमा पनि जनधनको क्षति भएको छ । हुन त भोटेकोशी–त्रिशूली बाढीको भन्दा कम आयतन भएकाले बुढीगण्डकीको क्षति अत्यन्तै कम छ । अहिलेसम्म शव फेला परेका छैनन् । केही दर्जन मानिस बेपत्ता भएका छन् करिब ५० जनाको उद्धार भइसकेको छ । करिब ५० जति नै घरटहरा बगेका छन् । थुप्रै पक्की तथा झोलुङ्गे पुल बगेका छन् । यो बाढीबाट चारोटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसले गर्दा विद्युत् आपूर्तिमा समस्या परेको छ ।

    Advertisement

    बुढीगण्डकी बाढी गोरखाको चुमनुब्री गाउँपालिकाबाट उत्पत्ति भएको प्रारम्भिक अनुमान छ । चुमनुब्रीको वडा नम्बर ६ को तुम्बे क्षेत्र हुँदै बग्ने स्यारखोलामा असोज २५ गते एकाबिहानै बाढी आएको भनिएको छ । अहिलेसम्मको अध्ययनअनुसार सो क्षेत्रमा राति सुक्खापहिरो गएको त्यो पहिरोले स्यारखोला हुँदै बुढीगण्डकी नदीसम्म बाढी ल्याएको बताइएको छ । त्यस क्रममा केही बेर बुढीगण्डकीको पानी थुनिएको हुन सक्ने देखिएको छ । यहाँनेर स्मरणीय तथ्य यो छ, त्यस बेला गोरखामा वर्षा भइरहेको थिएन । त्यसै पनि नेपालबाट मनसुन फिर्ता गइसकेको छ । अहिले नेपालमा जे जति वर्षा भइरहेको छ, त्यसका पछाडिको कारण पश्चिमी र स्थानीय वायु मात्रै हुन् । यसरी जलवायु परिवर्तन अर्थात् तापक्रम वृद्धिकै कारणले सुक्खापहिरो गएको मान्न सकिन्छ । यस प्रकार जुन कारणले भोटेकोशी–त्रिशूलीमा बाढी आएको थियो, तिनै कारणले बुढीगण्डकीमा पनि बाढी आएको देखिन्छ ।

    भदौ १० गतेयता नेपालले त्रिशूली जलाधार क्षेत्रभन्दा माथि जलवायु परिवर्तनको दुइटा दुष्परिणाम बेहोरिसकेको छ । अझै यस्ता कतिओटा र कुन प्रकारका दुष्परिणाम बेहोर्नुपर्ने हो ? हामी यस खालको खतराको माझमा रहिरहेका छौँ । हाम्रा मानवबस्ती तथा जलविद्युत् आयोजना, सडक, सिँचाइजस्ता पूर्वाधार नदीकिनारमा नै छन् । अहिले जुन प्रकारको प्राकृतिक विपत्ति हामीले बेहोरिरहेका छौँ, त्यसले हामीलाई गम्भीर बनाएको छ । हामी भविष्यमा यस खालको दुष्परिणामको सामना गर्नका लागि अहिलेदेखि नै तयार हुनुपरेको छ, यद्यपि यी विपत्तिको पूर्ण समाधान हामीसित छैन । विश्वको बढ्दो तापक्रमका कारणले नै हामीले समेत यस्ता विपत्ति बेहोरिरहेका छौँ । त्यसकारण यस खालका अप्रत्यक्ष प्रकारले मानवनिर्मित प्राकृतिक विपत्तिको सामना गर्न हामीले विश्वसँगै सहकार्य गर्नुपर्ने देखिन्छ ।

    हिमाली देश भएको तथा हाम्रा हिमाल विश्वकै सबैभन्दा कान्छा पहाड भएकोमा विश्वको बढ्दो तापक्रमको दुष्परिणाम हामीले धेरै बेहोर्नुपर्ने निश्चित छ, यद्यपि यस खालको विपत्ति बेहोर्ने हामी एक्ला देश होइनौँ । त्यसका बाबजुद यस्ता विपत्तिबाट गम्भीर रूपमा प्रभावित हुने देशमध्ये हामी शीर्ष स्थानमा छौँ । त्यसकारण यो विषयलाई नेपालले गम्भीर रूपमा लिनुपर्दछ । यस्ता विपत्तिको सामना गर्नका लागि हामीले एकातिर आन्तरिक कार्य गर्नुपर्ने आवश्यकता छ भने अर्कोतर्फ, अन्तर्राष्ट्रिय स्तरका काम गर्नुपर्नेछ । हामीले मुख्यतः नदीतटीय क्षेत्रका भौतिक र मानवीय क्षति न्यूनीकरण गर्नका लागि तात्कालिक र दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ । अर्कोतर्फ, विश्वस्तरबाटै ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइनुपर्दछ । यसरी बुढीगण्डकी बाढीले दिएको चेतावनीको हामीले सामना गर्न सक्नेछौँ ।

    बुधबार, असोज २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एक लाख ८७ हजार मतदाता थपिए
    राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान
    यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय
    चार मन्त्रीद्वारा राजीनामा
    कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित
    १० देशका राजदूत स्वीकृत, दुई अस्वीकृत र एक ‘होल्ड’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    • ६.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.