• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ६. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ७. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ८. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ९. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

१० देशका राजदूत स्वीकृत, दुई अस्वीकृत र एक ‘होल्ड’


  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । बालेन्द्र शाह सरकारले प्रस्ताव गरेका १३ मध्ये १० देशका राजदूत स्वीकृत भएका छन्, दुई देशका अस्वीकृत भएका छन् भने एक देशको राजदूत ‘होल्ड’ भएका छन् ।

    Advertisement

    २०८३ असोज २८ गते बुधबार सम्पन्न सङ्घीय संसद्को संसदीय सुनुवाइको क्रममा सो स्थिति देखिएको हो ।

    १० देशका अनुमोदन

    संसदीय सनुवाइ समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलङ्काको राजदूतका नाम भएको छ ।

    यसरी अनुमोदन हुनेहरूमा डा. निश्चलनाथ पाण्डे (भारत), कल्याणराज शर्मा (चीन), चिरनजङ्ग थापा (अमेरिका), गौरवशमशेर जबरा (बेलायत), सरु जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल), पद्माक्षी राणा (ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया), प्राप्ति शेरचन (स्पेन) र डा. मञ्चला झा (श्रीलङ्का) रहेका छन् ।

    साउदी अरब र मलेसियाका अस्वीकृत

    सुनुवाइ समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूत भने अस्वीकार गरेको छ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको हो ।

    उनीमाथि विभिन्न बुँदामा आरोप लागेका थिए । ती आरोपबारे संसदीय समितिमा पनि छलफल भएको थियो ।

    विवाहेत्तर सम्बन्ध राखेको, जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको, जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको, एक जना डिआइजी बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, सांसद सुनारले विभिन्न व्यक्तिसँग पैसा उठाउने गरेको र गिरीबहादुरले व्यवस्थापन गर्ने गरेको, गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गराउन स्वामी आनन्द अरुणसमेत परराष्ट्र मन्त्रालय गएको र हाम्रो नेपाल पार्टीसँग आबद्ध रहेकोजस्ता आरोप उनीमाथि लागेका थिए ।

    त्यस्तै मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम पनि अस्वीकृत भएको छ । सङ्घीय संसद्को सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि प्रस्तुत हुँदा अस्वीकृत भएको हो ।

    स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएकोलगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए ।

    जापानका लागि प्रस्तावित राजदूत ‘होल्ड’

    यता, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने ‘होल्ड’ गरिएको छ ।

    समितिका सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकाले केही समयलाई ‘होल्ड’ गरिएको जानकारी दिए । उनीमाथि जापानको पिआर रहेको र स्वार्थ बाझिन सक्ने भन्दै सुुनुवाइ समितिमा प्रश्न उठेको थियो ।

    समितिले सोबारेमा सरकारमार्फत जापानसँग विवरणसमेत माग गरेको थियो । जापानबाट विवरण आइनसकेको पत्र परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको भन्दै समिति सभापति श्रेष्ठले तत्कालका लागि उक्त निर्णय नलिने जानकारी दिए ।

    बुधबार, असोज २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी
    किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन
    लघुजलविद्युत्को भरमा लमजुङका बस्ती
    तातोपानी नाका तीन दिन खुल्दै
    खोटाङ र कपिवस्तुमा सवारी दुर्घटना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    • ६.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.