• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ६. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ७. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ८. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ९. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • १०. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

खगेन्द्र सुनार प्रकरण : सरकार मौन !


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार महिलालाई अश्लील गालीगलौज र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन्। घटनाबारे गम्भीर छानबिनको माग भइरहे पनि सरकारी निकायले अनुसन्धान अघि बढाएको छैन।

    Advertisement

    नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले घटनासम्बन्धी उजुरी नआएको र उजुरी परे कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। राष्ट्रिय महिला आयोगमा पनि औपचारिक उजुरी परेको छैन। आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले पीडितले आफ्नो पहिचान गोप्य राखेर पनि उजुरी दिन सक्ने बताएकी छन्।

    महिला आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारीले सार्वजनिक रूपमा गम्भीर आरोप आएपछि सरकारले आफैंले अनुसन्धान अघि बढाउनुपर्ने बताएकी छन्। वरिष्ठ अधिवक्ता गान्धी पण्डितले पनि महिला हिंसासम्बन्धी आरोपमा कानुनी छानबिन हुन सक्ने बताएका छन्।

    यसैबीच, रास्वपाले केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन थालेको छ। आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार अडियोको सत्यता जाँच्ने, प्रमाण संकलन गर्ने तथा सांसद सुनार र घटनामा नाम जोडिएकी महिलाको भनाइ बुझ्ने काम भइरहेको छ।

    पार्टी महामन्त्री विपिन आचार्यले महिलाको सम्मानमा आँच पुर्‍याउने कार्य, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर रूपमा लिइएको बताएका छन्। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले अडियोमा सुनिएको आवाज सुनारकै भएको प्रमाणित भए पार्टीले उनलाई संरक्षण नगर्ने बताएका छन्।

    सुनारले भने सार्वजनिक अडियो आफ्नो नभएको दाबी गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका माध्यमबाट आफ्नो आवाजको नक्कल गरेर फसाउन खोजिएको हुन सक्ने बताएका छन्। उनले राज्य र पार्टीले गर्ने छानबिनमा सहयोग गर्न तथा दोष प्रमाणित भए कानुनी परिणाम भोग्न तयार रहेको बताएका छन्।

    सुनारमाथि यसअघि सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप लागेको थियो। त्यस्तै, २०८० असारमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चल्दा उनले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। महिला अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा काभ्रे जिल्ला अदालतमा मुद्दासमेत दायर भएको थियो।

    सार्वजनिक अडियोको सत्यता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेकाले घटनामा संलग्नता, आरोपको वास्तविकता र कानुनी जिम्मेवारीबारे निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ। सांसदसमेत जोडिएको यस प्रकरणमा पार्टीको आन्तरिक छानबिनसँगै राज्यका निकायले के कदम चाल्छन् भन्ने प्रश्न उठेको छ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी
    किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन
    लघुजलविद्युत्को भरमा लमजुङका बस्ती
    तातोपानी नाका तीन दिन खुल्दै
    खोटाङ र कपिवस्तुमा सवारी दुर्घटना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    • ६.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.