भारत । भारतको पञ्जाब राज्यस्थित रोपडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रोपड नगर समितिको आयोजनामा सापकोटा दम्पतीको बिदाइ तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता सन् १९९० मा लिएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएका रोपडका सल्लाहकार सदस्य खगेश्वर सापकोटा र उहाँकी पत्नी तथा महिला नगर सदस्य श्रीमती गीता देवी सापकोटालाई अक्टोबर ११, २०२६ का दिन बिदाइ तथा सम्मान गरिएको हो। पञ्जाबको रोपडस्थित विद्युत् बोर्डबाट सेवानिवृत्त हुनुभएका सापकोटा दम्पतीलाई उक्त अवसरमा सम्मानसहित बिदाइ गरिएको थियो।
कार्यक्रममा मूल प्रवाहका कार्यकर्ता तथा कलाकारहरूलाई पनि सम्मान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै बधाई तथा शुभकामना व्यक्त गर्ने वक्ताहरूमा मूल प्रवाहका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, महिला क्षेत्रीय सदस्य लक्ष्मी गुरुङ, श्रीमती विष्णु थापा, विद्यार्थी क्षेत्रीय अध्यक्ष प्रतीक्षा थापा, महिला सदस्यहरू श्रीमती तुलसी थापा, हरिकला कँडेल र मिनु बानियाँलगायत हुनुहुन्थ्यो। त्यसैगरी नगर समितिका रामचन्द्र शर्मा, जयबहादुर नेपाली, टेकबहादुर महत र श्यामबहादुर मल्ललगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो।

समारोहमा मूल प्रवाहलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय कलाकार, विद्यार्थी, नगर समिति तथा नगर समितिअन्तर्गतका अगुवाहरूलाई सम्मान गरिएको थियो।
सम्मानित कलाकार तथा विद्यार्थीहरूमा दिव्या, सोहना, मेहक, प्रतीक्षा थापा, दीपिका नेपाली, अनु राना, यसिका, गणेश शर्मा, सिमरन, अनिसा, मनिषा, मुस्कान गिरी, दिवस र समीर तामाङलगायत हुनुहुन्थ्यो ।
त्यसैगरी समाजमा विशेष भूमिका निर्वाह गर्नुभएका टेकबहादुर सारु, बोमबहादुर थापा, टीकाराम थापा, रामप्रसाद सापकोटा, चन्द्रकला सापकोटा, जयबहादुर नेपाली, टेकबहादुर थापा, निमबहादुर, हरि, खडकसिंह, तुलसी र रमेशलाई पनि सम्मान गरिएको थियो।
सापकोटा दम्पतीको स्थायी घर नेपाल, नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका–७, गैरीमा रहेको छ।
कार्यक्रम मदन थापाको सञ्चालनमा तथा भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भक्तबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


