काठमाडौँ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार छ सय ८६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा मतदाता थपिएका हुन् ।
Advertisement
२०८२ फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार छ सय ८९ जनाले मताधिकार पाएका थिए ।
आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार आठ सय २५ पुरुष, ९३ लाख २१ हजार तीन सय ३६ महिला र दुई सय १४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो ।
आयोगले मृत्यु भएका ४५ हजार तीन सय २२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार दुई सय ६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ ।


