• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • सियोल, ८ वैशाख । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबीच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरियासम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ ।

    Advertisement

    दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले गत महिना संसद्मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ क्षेत्रमा युरेनियम संवर्धन स्थल सञ्चालन भइरहेको आशङ्का व्यक्त गरेका छन् । यही अभिव्यक्तिलाई लिएर अमेरिकाले असन्तुष्टि जनाएको र संवेदनशील सूचनाको अनुमतिविना खुलासा भएको ठहर गर्दै प्रतिक्रिया दिएको दक्षिण कोरियाली समाचार संस्था योन्हापसहितका विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    रिपोर्टअनुसार यस घटनापछि अमेरिकाले पहिले नियमित रूपमा सियोललाई दिँदै आएको केही उपग्रह सूचनामा सीमितता लगाएको छ । उक्त प्रतिबन्ध यसै महिनाको सुरुदेखि लागू भएको बताइए पनि यसले समग्र सैन्य तयारीमा ठूलो असर नपारेको एक अज्ञात दक्षिण कोरियाली सैन्य अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । ती अधिकारीका उत्तर कोरियाको सैन्य गतिविधिबारे गुप्तचर सङ्कलन र आदानप्रदान भने अझै सामान्य रूपमा जारी छ ।

    यद्यपि, दक्षिण कोरिया वा अमेरिकाका अधिकारीहरूले औपचारिक रूपमा यस्तो प्रतिबन्धको पुष्टि गरेका छैनन् । कोरियामा तैनाथ अमेरिकी सैन्य संरचना ‘युनाइटेड स्टेट्स फोर्सेज कोरिया’ ले पनि सञ्चारमाध्यममा आएका विवरणबारे जानकारी भएको जनाउँदै थप टिप्पणी गर्न अस्वीकार गरेको छ ।

    यसैबीच, दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कुसोङस्थित कथित आणविक सुविधाबारे अन्य कुनै स्रोतबाट नयाँ जानकारी प्राप्त नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि योङब्योन र राजधानी प्योङयाङ नजिक कङ्गसन क्षेत्रमा युरेनियम संवर्धन सुविधा सञ्चालन गर्दै आएको जानकारी सार्वजनिक भइसकेको छ ।

    चुङको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आलोचना गरेका छन् र यसले अमेरिका–दक्षिण कोरिया सम्बन्धमा असर पारेको आरोप लगाएका छन् । तर चुङले आफ्नो भनाइ सार्वजनिक रूपमा उपलब्ध जानकारीमा आधारित रहेको र यसलाई गोप्य सूचनाको चुहावटका रूपमा व्याख्या गरिनु ‘दुःखद्’ भएको बताएका छन् ।

    दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि चुङको बचाउ गर्दै कुसोङ सुविधा सम्बन्धी जानकारी पहिले नै विभिन्न शैक्षिक अध्ययन र सञ्चारमाध्यममार्फत सार्वजनिक भइसकेको ‘स्पष्ट तथ्य’ भएको उल्लेख गरेका छन् । उनले अमेरिकी गोप्य सूचनाको चुहावट भएको दाबी आधारहीन रहेको स्पष्ट पारे ।

    यसै क्रममा, केही रिपोर्टहरूमा कोरियास्थित अमेरिकी सैन्य कमान्डर जेभियर ब्रुनसनले दक्षिण कोरियाका रक्षामन्त्रीसँग असन्तुष्टि व्यक्त गरेको उल्लेख भए पनि रक्षा मन्त्रालयले यस्तो दाबीलाई कूटनीतिक रूपमा उपयुक्त नहुने भन्दै अस्वीकार गरेको छ ।

    उत्तर कोरिया निरन्तर आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम अघि बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिबन्धहरू अन्तर्गत छ, जसलाई उसले बारम्बार उल्लङ्घन गर्दै आएको आरोप छ । हालै संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाले आफ्‌नो आणविक क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ गरिरहेको चेतावनी दिएका थिए ।

    उत्तर कोरियाको सम्भावित सैन्य खतरा नियन्त्रण गर्न अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । साथै, स्याटेलाइट र अन्य माध्यमबाट प्राप्त गुप्तचर सूचना सियोलसँग साझेदारी गर्दै आएको छ । पछिल्लो घटनाक्रमले दुई सहयोगीबीच विश्वास र सूचनाको संवेदनशीलता कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न फेरि उठाएको छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.