• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली, ८ वैशाख । मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने संकेत गरेको छ ।

    Advertisement

    भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही युरिया देशको विशाल कृषि प्रणालीका लागि मुख्य मल भएकाले यसको उत्पादन विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्य उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा ग्यास आपूर्ति प्रभावित भएको हो ।

    यो जलमार्गबाट विश्वका करिब एक तिहाइ मल आपूर्ति हुने भएकाले अवरोधले विश्वव्यापी खाद्य उत्पादनमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ । भारतजस्तो कृषिमा निर्भर मुलुकका लागि यसको प्रभाव अझ गम्भीर मानिएको छ । भारतमा कुल रोजगारीको ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषिले ओगटेको छ । साना र कम उत्पादनशील खेती प्रणालीमा निर्भर किसानहरूका लागि मल अभाव थप चुनौती बन्न सक्छ ।

    वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च २०२६ मा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । यसअघि भने उत्पादनमा सुधारको क्रम देखिएको थियो—फेब्रुअरीमा ३.४ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र डिसेम्बर २०२५ मा ४.१ प्रतिशतले वृद्धि भएको थियो ।

    सरकारले भने तत्काल अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयका अनुसार देशमा हाल ॅपर्याप्त मल भण्डार’ रहेको छ र आपूर्ति स्रोतहरूलाई विभिन्न देशहरूबाट विविधीकरण गर्ने प्रयास भइरहेको छ ।

    भारतमा मलको माग मुख्यतः मनसुन बाली रोपाइँ (जुन–जुलाई) अघि र जाडो सिजनका बाली रोपाइँ (अक्टोबर–नोभेम्बर) बेला उच्च हुन्छ । यही समयलाई लक्षित गर्दै सरकारले यसअघि अप्रिलमा मल अनुदान ११ प्रतिशतले बढाएको थियो, जसले बढ्दो मूल्यबाट किसानलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

    तर भारतको मल प्रणाली आयातमा निर्भर रहँदै आएको छ । युरियासँगै रक फस्फेट, फस्फोरिक एसिड र पोटाशजस्ता कच्चा पदार्थका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आपूर्ति शृङ्खलामा आएको अवरोधले दीर्घकालीन असर पार्ने सम्भावना देखिएको छ ।

    यसैबीच, विश्व व्यापार संगठनले पनि मध्यपूर्व युद्धका कारण मल आपूर्तिमा आएको अवरोधले विश्व खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसले भारत मात्र नभई विश्वभर कृषि उत्पादन र खाद्य उपलब्धतामाथि दबाब बढ्न सक्ने संकेत गरेको छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.