• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

घरेलु हिंसामा आठ बालकको ज्यान गयो


  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
  • श्रेभपोर्ट (अमेरिका), ७ वैशाख। संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिंगो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् ।

    Advertisement

    तीन फरक–फरक घरमा फैलिएको यो हिंसा पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा देशकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

    प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए । उनी घटनापछि कारज्याक (बलपूर्वक सवारी साधन कब्जा गर्ने) गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो । प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार संदिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो ।

    यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ । मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन् । सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा (भाइ) थिए । प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए ।

    घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ । एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपतकालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो ।

    एएफपीका एक भिडियोग्राफरले घटनास्थलमा रहेको सानो दुईतले घरको सेतो ढोकामा पाँचवटा गोलीका प्वाल देखिएको जनाएका छन् । घर बाहिर स्थानीयवासीहरूले श्रद्धाञ्जलिस्वरूप फूलहरू राखेका थिए, जसले घटनाप्रति समुदायको पीडा झल्काउँछ ।

    प्रहरीका अनुसार आक्रमणकारी दोस्रो घरमा पुगेका बेला त्यहाँ नौ बालबालिका रहेका थिए । तीमध्ये एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन् र अस्पतालमा उपचार भइरहेको छ । अनुसन्धान अधिकारीहरूले घटनाको कारण अझै स्पष्ट नभएको र तीनै स्थानबाट प्रमाण सङ्कलन कार्य जारी रहेको बताएका छन् । प्रारम्भिक रूपमा यो घटना घरेलु विवादसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

    मृतक बालबालिकाको पहिचान जीवित रहेका उनीहरूका आमाले गरेका छन् । तीमध्ये जयला एल्किन्स (३), सायला एल्किन्स (५), कायला पुघ (६), लैला पुघ (७), मार्केडन पुघ (१०), सरियाह स्नो (११), खेदेरियन स्नो (६) र ब्रेलोन स्नो (५) रहेका छन्।

    प्रहरी अभिलेखअनुसार एल्किन्सलाई सन् २०१९ मा बन्दुकसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो र उनले दोष स्वीकार गरेका थिए । तर यसअघि घरेलु हिंसासम्बन्धी कुनै स्पष्ट रेकर्ड नरहेको जनाइएको छ ।

    स्थानीय मेयर टम आर्सेनक्सले घटनालाई अत्यन्त पीडादायी र भयावह भन्दै बालबालिका नै निशाना बन्नु अत्यन्त दुःखद रहेको बताए । उनले समाजमा अझै पनि हिंसात्मक प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध सबैले मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।

    घटनास्थल नजिकै बस्ने ७२ वर्षीय फ्रेडी मोन्टगोमेरीले अघिल्लो दिनसम्म ती बालबालिका आँगनमा खेलिरहेको दृश्य सम्झँदै अचानक यस्तो घटना भएकोमा आफू स्तब्ध भएको बताए । उनले आइतबार बिहान प्रहरीलाई घरबाट शव निकाल्दै गरेको देखेको बताए ।

    राजनीतिक नेतृत्वबाट पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ । लुइसियानाका सिनेटर बिल क्यासिडीले यसलाई ‘भयानक हिंसा’ भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । गभर्नर जेफ ल्यान्ड्रीले आफू हृदयविदारक अवस्थामा पुगेको बताए भने प्रतिनिधिसभाका सभामुख माइक जोनसनले यसलाई ‘निरर्थक त्रासदी’ का रूपमा टिप्पणी गरेका छन् ।

    मेयर आर्सेनक्सले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो श्रेभपोर्टका लागि अत्यन्त दुःखद बिहान हो, र हामी सबै पीडित परिवारसँग शोकमा सहभागी छौँ ।”

    बन्दुकको पहुँच व्यापक रहेको अमेरिकामा यस्ता हिंसात्मक घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । विकसित राष्ट्रहरूमध्ये बन्दुकसम्बन्धी मृत्यु दर सबैभन्दा उच्च रहनु पनि यस घटनाले पुनः उजागर गरेको छ ।

    सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.