• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मध्यपूर्व द्वन्द्व शान्तितर्फ उन्मुख, कूटनीतिक गतिविधि तीव्र


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • पेरिस, २ वैशाख । मध्यपूर्वमा जारी युद्धका बीच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बन्दै गएका छन् र प्रमुख पक्षहरूबीच वार्ता तथा संवादका संकेत देखिन थालेका छन् । अमेरिकी नेतृत्वले युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरिरहेका बेला क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू सक्रिय रूपमा संलग्न भएका छन् ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध ‘समाप्तिको निकै नजिक’ पुगेको बताएका छन् । उनका अनुसार अमेरिका–इरानबीचको शान्ति वार्ता यसै साता पुनः सुरु हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै, इजरायल र लेबनानबीच प्रत्यक्ष संवाद सुरु गर्ने सहमति भएको खबरले पनि क्षेत्रीय तनाव कम गर्ने प्रयासहरूलाई बल दिएको छ ।

    यसैबीच, बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका वरिष्ठ कूटनीतिज्ञ सर्गेई लावरोभबीच भेटवार्ता भएको छ । चीन र रुसले मध्यपूर्वमा तनाव न्यूनीकरणका लागि संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । यसले कूटनीतिक सन्तुलनमा नयाँ आयाम थपेको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता जनाएमा मात्र शान्ति सम्भव हुने बताउनुभएको छ । इरानको आणविक कार्यक्रम नै वर्तमान द्वन्द्वको मुख्य विवादको विषय बनेको छ, यद्यपि तेहरानले आणविक बम विकासको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी पक्षले वार्तालाई निरन्तरता दिने संकेत दिएको छ ।

    वासिङ्टनमा भएको छलफलपछि इजरायल र लेबनान प्रत्यक्ष वार्तामा बस्न सहमत भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको मध्यस्थतामा भएको उक्त वार्तालाई ॅफलदायी’ भनिएको छ, जसले सीमावर्ती तनाव कम हुने अपेक्षा गरिएको छ ।

    तर, युद्धको प्रभाव अन्य क्षेत्रहरूमा पनि देखिन थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले इरान युद्धमा बढी ध्यान केन्द्रित गर्दा युक्रेनप्रति चासो घटेको गुनासो गरेका छन् । उनले अमेरिकी हतियार आपूर्तिमा समेत अवरोध आएको बताउँदै रुसमाथि पर्याप्त दबाब नपरेको आरोप लगाए ।

    अमेरिकाले इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध छुट नवीकरण नगर्ने निर्णय पनि सार्वजनिक गरेको छ । यसले तेहरानमाथि आर्थिक दबाब कायम राख्ने नीति जारी रहने संकेत दिएको छ । सोही सन्दर्भमा अमेरिकी नौसेनाले इरानी बन्दरगाहबाट निस्कने केही जहाजहरू रोकेको जनाएको छ, यद्यपि केही जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै अघि बढेको तथ्य पनि सार्वजनिक भएको छ ।

    उता, लेबनानस्थित हिजबुल्लाहले उत्तरी इजरायलका १३ सहरलाई लक्षित गर्दै रकेट आक्रमण गरेको दाबी गरेको छ, जसले युद्धविराम प्रयासहरूबीच पनि तनाव कायम रहेको देखाउँछ ।

    अर्कोतर्फ, अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पाकिस्तानमा हुन सक्ने संकेत दिइएको छ । यसका लागि पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाइएको छ । वार्ता सफल बनाउन अस्थायी युद्धविराम अवधि लम्ब्याउने प्रयास भइरहेको स्रोतहरूले बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले युद्धमा अपेक्षित सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यसले पश्चिमी गठबन्धनभित्र पनि मतभेद देखिएको संकेत गरेको छ ।

    मानवीय पक्षमा, अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्टले इरानमा पहिलोपटक राहत सामग्री पुर्‍याएको जनाएको छ, जसले युद्धपीडितहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

    युद्धको आर्थिक प्रभाव पनि गहिरिँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्व र उत्तर अफ्रिकाको सन् २०२६ को आर्थिक वृद्धिदर घटाएर १.१ प्रतिशतमा झारेको छ । तेल तथा ग्यास आपूर्ति अवरुद्ध हुँदा इरान, इराक र कतार विशेष रूपमा प्रभावित हुने चेतावनी दिइएको छ । ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्किएमा आगामी वर्ष सुधार देखिने अनुमान गरिएको छ ।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.