नयाँ दिल्ली २९ चैत । इरानमा फसेका ३१२ जना भारतीय माझीहरूलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षित रूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।
Advertisement
उनले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीहरूलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत जयशंकरले जानकारी सार्वजनिक गरेका हुन् ।
यसअघि अप्रिल–४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विदेश मन्त्रालय (एमइए) को कूटनीतिक प्रयास पछि आर्मेनिया हुँदै इरानबाट स्वदेश फर्के पछि चेन्नईमा भारतीय माझीहरूलाई स्वागत गरेका थिए ।