• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिका–इरान अन्तिम क्षणमा युद्धविराम, दुवै पक्षद्वारा जीतको दाबी


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • वासिङ्टन, २५ चैत । एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुबै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको संकेत देखिएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेको समयसीमा सकिन एक घण्टा बाँकी रहँदा सहमति जुटेको हो । त्यसपछि दुबै देशले युद्धविरामलाई आ–आफ्‌नो जीतका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले यसलाई अमेरिकाका लागि ॅपूर्णतः निर्णायक विजय’ भएको बताउनुभएको छ भने इरानले पनि आफूले ॅऐतिहासिक र निर्णायक जीत’ हासिल गरेको दाबी गरेको छ ।

    इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा इरानी राष्ट्रविरुद्ध गरिएको युद्धलाई ॅअवैध र आपराधिक’ भन्दै शत्रुले लज्जास्पद पराजय बेहोरेको उल्लेख गरिएको छ । त्यस्तै, इरानले यस विरामलाई स्थायी समाधानतर्फको पहिलो कदमका रूपमा लिँदै अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । वार्ता पाकिस्तानमा शुक्रबारदेखि सुरु हुने तय गरिएको छ ।

    यसबीच, ह्वाइट हाउसले इजरायल पनि युद्धविराममा सहमत भएको जनाएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्ट पार्दै यो सहमति लेबनानमा लागू नहुने बताउनुभएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहसँगको द्वन्द्वमा हालसम्म एक हजार ५०० भन्दा बढी मानिसको ज्यान गइसकेको जनाइएको छ ।

    इजरायलले सुरुबाटै अमेरिकालाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष संलग्न हुन आग्रह गर्दै आएको थियो । फेब्रुअरीमा सुरु भएको प्रारम्भिक आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएको दाबीसमेत गरिएको छ, जसले द्वन्द्वलाई थप चर्काएको थियो ।

    ट्रम्पले युद्धविरामको निर्णय लिनुअघि पाकिस्तानी नेतृत्वसँग परामर्श गरेको बताएका छन् । उनका अनुसार पाकिस्तानले इरानमाथि ॅविनाशकारी सैन्य कारबाही रोक्न’ आग्रह गरेको थियो । उनले चीनले पनि इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको विश्वास व्यक्त गरेका थिए ।

    युद्धविरामको मुख्य शर्तका रूपमा इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग होर्मुज जलडमरूमध्य दुई हप्ताका लागि सुरक्षित रूपमा खोल्ने सहमति जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको युद्धका क्रममा बन्द गरिएको यस मार्गबाट विश्वको झण्डै पाँचौँ भाग तेल आपूर्ति हुने भएकाले यसको खुला हुनु विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमण रोकिए इरानले पनि आफ्नो रक्षात्मक कारबाही रोक्ने बताए । यसबीच, युद्धविराम घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा सुधार देखिएको छ ।

    यद्यपि दीर्घकालीन समाधानका विषयमा अझै मतभेद कायम छन् । इरानले अमेरिकी प्रतिबन्ध हटाउने, होर्मुजमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग अघि सारेको छ । साथै, आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिनुपर्ने अडान पनि दोहोर्‍याएको छ ।

    ट्रम्पले भने कुनै पनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याइनुपर्ने बताएका छन् । इरान आणविक हतियार नजिक पुगेको उहाँको दाबीलाई अन्तर्राष्ट्रिय निकायहरूले भने समर्थन गरेका छैनन् ।

    यदि वार्ता असफल भयो भने के पुनः आक्रमणमा फर्किने भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ दिनुभएन, तर आवश्यक परे कठोर कदम चाल्न सकिने संकेत दिए ।

    युद्धविरामअघि दुवै पक्षले व्यापक आक्रमण गरेका थिए । अमेरिका र इजरायलले इरानका पुल, रेलमार्ग र सैन्य पूर्वाधारमा प्रहार गरेका थिए भने इरानले खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरी प्रतिकार गरेको थियो । यी आक्रमणहरूले क्षेत्रीय सुरक्षा अवस्थालाई गम्भीर रूपमा प्रभावित पारेको छ ।

    कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा विस्फोटका आवाज सुनिएको र केही स्थानमा घाइते भएको रिपोर्ट आएको छ । बगदादमा क्षेप्यास्त्र आक्रमणमा एक बालकसहित दुई सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

    युद्धको त्रास आम नागरिकमा गहिरो देखिएको छ । तेहरानकी एक विद्यार्थीले आफू र अन्य नागरिकहरू अत्यन्त डरमा बाँचिरहेको बताएकी छन् । यसबीच, इरानमा ऊर्जा संरचनाको सुरक्षाका लागि नागरिकहरूले मानव साङ्लो बनाएको दृश्य सार्वजनिक भएको छ ।

    दुई हप्ताको यो अस्थायी विरामले तत्कालका लागि राहत दिएको भए पनि गहिरो राजनीतिक, सैन्य र आणविक विवाद समाधान नभएसम्म स्थायी शान्ति अझै टाढा रहेको विश्लेषण गरिएको छ ।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.