• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ


  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली, २४ चैत । भारतले आफ्‌नै आणविक इन्धन उत्पादनतर्फ महत्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ । यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

    Advertisement

    ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह ग्यास उत्सर्जनमा विश्वमै तेस्रो स्थानमा रहेको भारतले सन् २०४७ सम्म आफ्नो आणविक ऊर्जा क्षमता हालको करिब आठ गिगावाटबाट १०० गिगावाट पुर्‍याउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा यो प्रगतिलाई दीर्घकालीन ऊर्जा सुरक्षातर्फ रणनीतिक कदमका रूपमा हेरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले कलपक्कमस्थित उक्त रिएक्टरले ‘क्रिटिकल’ अवस्था हासिल गरेको जानकारी दिँदै यसलाई भारतको असैन्य आणविक कार्यक्रमको दोस्रो चरणतर्फको निर्णायक प्रगति बताए । उनका अनुसार यो उपलब्धिले स्वदेशी वैज्ञानिक क्षमता र इन्जिनियरिङ दक्षताको स्पष्ट झल्को दिन्छ ।

    उनले सो रिएक्टरको विशेषता उल्लेख गर्दै यसले प्रयोग गरिएकोभन्दा बढी इन्धन उत्पादन गर्न सक्ने बताए । यसलाई भविष्यमा भारतका विशाल थोरियम भण्डारको उपयोगतर्फ मार्गप्रशस्त गर्ने महत्वपूर्ण आधारका रूपमा पनि व्याख्या गरिएको छ । थोरियमलाई दीर्घकालीन रूपमा सुरक्षित र सम्भावनायुक्त आणविक इन्धन मानिन्छ ।

    हाल उक्त रिएक्टरबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भइसकेको छैन । प्राविधिक रूपमा पूर्ण क्षमतामा सञ्चालनमा पुगेपछि मात्र यसले राष्ट्रिय ग्रिडमा बिजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

    विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति अस्थिर भइरहेका बेला, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढिरहेका सन्दर्भमा भारतको यो उपलब्धि अझ महत्वपूर्ण मानिएको छ ।

    हालसम्म भारतको ऊर्जा संरचना कोइलामा अत्यधिक निर्भर रहे पनि उसले सन् २०७० सम्म ‘शुद्ध–शून्य’ उत्सर्जन लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यस्तो लक्ष्य पूरा गर्न आणविक ऊर्जालाई वैकल्पिक तथा दीगो स्रोतका रूपमा विस्तार गर्ने नीति अगाडि सारिएको छ ।

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.