• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मध्यपूर्व युद्धले युक्रेन ओझेलमा


  •   आइतबार, चैत २२, २०८२ मा प्रकाशित
  • इस्तानबुल, २२ चैत । मध्यपूर्वमा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले व्यक्त गर्नुभएको छ । उहाँका अनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।

    Advertisement

    इस्तानबुलमा एसोसिएटेड प्रेससँग शनिबार राति भएको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले स्पष्ट रूपमा भन्नुभयो, “हामीले स्वीकार्नुपर्छ कि हामी अहिले प्राथमिकतामा छैनौँ ।” उहाँले लामो समयसम्म इरानसँगको युद्ध जारी रहे युक्रेनले पाउने सहयोग झन् घट्ने डर व्यक्त गरे ।

    युक्रेनले रुसको निरन्तर आक्रमणको सामना गरिरहँदा विशेषगरी अमेरिकी ‘पेट्रियट’ हवाई रक्षा प्रणालीको आवश्यकता अत्यन्तै बढेको उनले बताए । यी प्रणालीहरू रूसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न महत्त्वपूर्ण मानिन्छन्, तर हालसम्म पर्याप्त सङ्ख्यामा उपलब्ध नभएको उहाँको गुनासो छ । “यदि इरान युद्ध चाँडै टुङ्गिएन भने हाम्रो लागि आउने सहायता प्याकेज झन् सानो हुँदै जानेछ”, उनले भने ।

    चार वर्षअघि सुरु भएको रुसी आक्रमणपछि युक्रेनका सहरहरू निरन्तर निशानामा परिरहेका छन् । ऊर्जा पूर्वाधारमा आक्रमण हुँदा औद्योगिक उत्पादनमा अवरोध आएको छ भने जाडो मौसममा सर्वसाधारण आधारभूत सुविधाबाट समेत वञ्चित भएका छन् । हजारौँ नागरिकको ज्यान गएको यो द्वन्द्व अझै निर्णायक मोडमा पुग्न सकेको छैन ।

    फेब्रुअरीमा मस्को र किएभबीच अमेरिकाको मध्यस्थतामा भएको वार्ता निष्कर्षविहीन बनेको थियो । जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । यद्यपि, उहाँका अनुसार ती कूटनीतिक प्रयासहरूले पनि युक्रेनप्रति घट्दो अन्तर्राष्ट्रिय ध्यान झल्काउँछन् ।

    मध्यपूर्व युद्धको प्रभाव केवल कूटनीतिक तहमा मात्र नभइ, आर्थिक र सैन्य सन्तुलनमा पनि देखिएको छ । इरानले स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गरेपछि तेलको मूल्य बढेको छ, जसबाट रुसलाई अतिरिक्त आम्दानी भइरहेको जेलेन्स्कीले उल्लेख गर्नुभयो । “यसले रुसलाई फाइदा पुगेको छ”, उहाँले भन्नुभयो । यसले रुसको अर्थतन्त्र कमजोर पार्ने युक्रेनको रणनीतिक उद्देश्यलाई चुनौती दिएको छ ।

    स्रोतको अभाव बढ्दै जाँदा युक्रेनले युरोपेली साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रयास गरेको छ । साथै, इरानद्वारा प्रयोग गरिएका ड्रोनविरुद्ध लडाइँमा हासिल अनुभव खाडी मुलुकहरूसँग बाँड्ने प्रस्ताव पनि अघि सारेको छ । युक्रेनले कम लागतमा विकसित गरेका इन्टरसेप्टर ड्रोन र समुद्री ड्रोनहरू साझा गर्दै त्यसको बदलामा एन्टी–ब्यालिस्टिक क्षमतामा सहयोग प्राप्त गर्ने रणनीति अघि बढाइएको छ ।

    मार्च अन्त्यतिर जेलेन्स्कीले खाडी क्षेत्रको भ्रमण गर्दै रक्षा सहकार्य विस्तार गर्ने प्रयास गर्नुभएको थियो । त्यस्तै, विश्वव्यापी व्यापार मार्गको सुरक्षामा सहयोग पुर्‍याउने प्रस्तावस्वरूप स्ट्रेट अफ होर्मुज खुलाउन युक्रेनको अनुभव उपयोगी हुन सक्ने उहाँको धारणा छ ।

    इस्तानबुलमै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग भएको भेटमा शान्ति वार्ता र सम्भावित उच्चस्तरीय बैठकबारे छलफल भएको जनाइएको छ । दुई देशबीच नयाँ रक्षा सम्झौता हुने सम्भावनासमेत उहाँले औँल्याउनुभयो ।

    उता, युद्धक्षेत्रमा रुसले वसन्त आक्रमणलाई तीव्र बनाएको छ । करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा युक्रेनी सेना दबाबमा रहेको छ भने रुसले रणनीतिक क्षेत्रमा रक्षा रेखा भत्काउने प्रयास गरिरहेको युक्रेनी सेनाका प्रमुख ओलेक्सान्डर सिरस्कीले बताउनुभयो । हालसम्म रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ ।

    यद्यपि, जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौतामा भूभाग त्याग्ने विकल्प युक्रेनका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

    आइतबार, चैत २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.