• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • वासिङ्टन, १९ चैत । मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाब सिर्जना गरेको छ ।

    Advertisement

    बिहीबार बिहान इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली हवाई सुरक्षाले त्यसलाई रोक्ने प्रयास गरेको जनाइएको छ । केही प्रहारहरू मध्य इजरायलका क्षेत्रमा खसेका बताइएका छन्, जसका कारण कम्तीमा चार जना सामान्य घाइते भएका छन् । यसअघि पनि तेल अभिव नजिकै भएको आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएको इजरायली आपतकालीन सेवाले जनाएको थियो ।

    उत्तरतर्फ, लेबनानस्थित हिजबुल्लाह समूहले उत्तरी इजरायलमा ड्रोन र रकेट आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले सीमावर्ती क्षेत्रमा साइरन बजाइएको पुष्टि गरेको छ, यद्यपि तत्काल ठूलो क्षति वा मानवीय हताहतको विवरण सार्वजनिक भएको छैन । लेबनान सीमामा तनाव बढ्दै जाँदा त्यहाँ छुट्टै मोर्चा सक्रिय बनेको सङ्केत देखिएको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही अझ कडा बनाउने घोषणा गर्नुभएको छ । उहाँले थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने बताउँदै इरानले सम्झौता नगरे ऊर्जा पूर्वाधारसमेत निशाना बनाउन सकिने चेतावनी दिनुभएको छ । यस्तो आक्रमण अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने भन्दै आलोचना भइरहेको छ ।

    युद्धको प्रभाव ऊर्जा बजारमा प्रत्यक्ष देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै सात प्रतिशतले बढेर प्रति ब्यारेल १०८.१५ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि पाँच प्रतिशतभन्दा बढी वृद्धि भई १०५.६५ डलरमा पुगेको छ । होर्मुज जलडमरूमध्यको अनिश्चितताले विश्व बजारमा थप अस्थिरता निम्त्याएको विश्लेषण गरिएको छ ।

    इरानले अमेरिकी मागहरूलाई ‘अधिकतम र तर्कहीन’ भन्दै अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भए पनि अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्धले ‘अमेरिका फर्स्ट’ नीति वास्तवमै कसको हितमा रहेको हो भन्ने प्रश्न उठाउँदै अमेरिका र इजरायलमाथि युद्ध अपराधको आरोप लगाएका छन् ।

    खाडी क्षेत्र पनि द्वन्द्वको चपेटामा परेको छ । संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोनका धम्कीहरूलाई जवाफ दिइरहेको जनाएको छ । युद्ध सुरु भएदेखि नै खाडी देशहरू इरानी प्रतिआक्रमणको जोखिममा रहेका छन्, जसले क्षेत्रीय स्थायित्वमा थप चुनौती थपेको छ ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले युद्धको स्पष्ट ‘अन्तिम विन्दु’ नदेखिएको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार प्रारम्भिक उद्देश्यहरू पूरा भएको दाबी गरिए पनि अब के हासिल गर्न खोजिएको हो भन्ने अस्पष्ट छ । युद्ध लम्बिँदै जाँदा यसको असर विश्वव्यापी अर्थतन्त्रमा झन् गहिरिँदै जाने उहाँले चेतावनी दिएका छन् ।

    यसै सन्दर्भमा विश्व बैंकले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा पर्ने प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच सहकार्य बढाएर सङ्कट व्यवस्थापनका उपाय खोज्ने प्रयास भइरहेको जनाइएको छ ।

    इरानको रिभोलुसनरी गाड्र्सले रणनीतिक होर्मुज जलडमरूमध्य ‘शत्रुहरूका लागि बन्द’ रहने अडान दोहोर्‍याएको छ । यही मार्ग पुनः सञ्चालन हुनु युद्धविरामका लागि अमेरिकी सर्तमध्ये एक भएको बताइएको छ ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.