• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापानद्वारा लामो दूरी मिसाइल तैनाथ


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • टोकियो, १७ चैत । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ । अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको संकेत दिएको छ ।

    Advertisement

    जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ । यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार हो । यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ । यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा–केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

    रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल र गम्भीर’ भन्दै यस्तो क्षमता देशको प्रतिरोध शक्ति र प्रतिक्रिया क्षमताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार यसले जापानको आत्मरक्षाप्रतिको दृढता पनि झल्काउँछ ।

    तर यस कदमले स्थानीयस्तरमा चिन्ता पनि बढाएको छ । क्याम्प केङ्गुन नजिकै बसोबास गर्ने बासिन्दाहरूले मिसाइल तैनाथीको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले यस्तो कदमले क्षेत्रीय तनाव चर्काउने र आफ्नो क्षेत्र सम्भावित आक्रमणको लक्ष्य बन्न सक्ने जोखिम बढाउने बताएका छन् ।

    जापानले केवल एक स्थानमा मात्र नभइ, आगामी वर्षहरूमा देशका विभिन्न भागमा यस्ता हतियार प्रणाली विस्तार गर्ने योजना बनाएको छ । मंगलबार नै सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लक्षित हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ । सन् २०२८ मार्चसम्म होक्काइडोदेखि मियाजाकीसम्म विभिन्न स्थानमा अपग्रेड गरिएको टाइप–१२ मिसाइल र अन्य आधुनिक प्रणालीहरू विस्तार गर्ने तयारी गरिएको छ ।

    यसैबीच जापानले अमेरिकी निर्माणका टोमहाक क्रूज मिसाइलहरू पनि आफ्नो नौसैनिक क्षमतामा समावेश गर्ने योजना अघि बढाएको छ । यस वर्षको अन्त्यसम्म जापानी विध्वंसक जेएस चोकाईमा एक हजार ६०० किलोमिटर दायराका ती मिसाइलहरू तैनाथ गरिनेछ भने पछि थप सात विध्वंसकमा पनि विस्तार गरिने लक्ष्य राखिएको छ ।

    जापानले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिँदै आएको छ । पछिल्ला वर्षहरूमा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुहरूमा सैन्य संरचना मजबुत बनाइएको छ । गत जुनमा चीनका दुई विमानवाहक जहाजहरू जापानका दुर्गम टापु नजिकै एकैपटक सञ्चालनमा देखिएपछि टोकियोको चिन्ता अझ बढेको थियो ।

    प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरिसकेको छ, जसले स्ट्राइक ब्याक क्षमता, क्रूज मिसाइल र मानव रहित हतियार प्रणालीमार्फत तटीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।

    यसै क्रममा चीनको प्रशान्त क्षेत्रमा बढ्दो गतिविधि अध्ययन गर्न नयाँ कार्यालय स्थापना गर्ने घोषणा पनि गरिएको छ । ताइवानसँग सम्बन्धित सम्भावित सङ्कटको अवस्थामा जापानले आफ्नो सुरक्षा प्रतिक्रिया देखाउन सक्ने संकेत दिँदा क्षेत्रीय वातावरणमा सतर्कता र चिन्ता बढेको देखिन्छ ।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.