• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अमेरिकासँग सहकार्य बढाउन चीनको पहल


  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
  • बेइजिङ, १३ चैत । विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने संकेत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ॅद्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ ।

    Advertisement

    चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र क्षेत्रीय व्यापार सहकार्यलाई विस्तार गर्न चीन इच्छुक रहेको बताए । वाणिज्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उनले दुई देशबीचको सम्बन्धलाई प्रतिस्पर्धा र सहकार्यबीच सन्तुलित ढंगले अघि बढाउनुपर्ने र टकरावपूर्ण प्रतिस्पर्धाबाट बच्नुपर्ने धारणा राखे ।

    दुबै पक्षबीचको यो भेट क्यामरुनको राजधानीमा आयोजित विश्व व्यापार संगठन (डब्लुटिओ) को मन्त्रिस्तरीय सम्मेलनको साइडलाइनमा बिहीबार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित बेइजिङ भ्रमणभन्दा दुई महिनाभन्दा कम समय अघि भएको यो संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    गत वर्ष अक्टोबरमा युद्धविराममा सहमत हुनुअघि अमेरिका र चीनबीच चर्को व्यापार युद्ध चलेको थियो । त्यसपछि पनि सम्बन्ध पूर्ण रूपमा सहज बन्न सकेको छैन । यस महिनाको सुरुमा पेरिसमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच भएको उच्चस्तरीय वार्ताले केही हदसम्म तनाव कम गर्ने संकेत दिएको थियो ।

    यद्यपि, अमेरिकी कर नीतिहरू, चीनतर्फ झुकेको व्यापार सन्तुलन र उन्नत प्रविधिको निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्धजस्ता विषयहरू अझै विवादका मुख्य कारण बनेका छन् । यसै सन्दर्भमा वाङ वेन्टाओले हालै सुरु गरिएको अमेरिकी व्यापार अनुसन्धानप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

    उक्त अनुसन्धानले चीनसहित करिब ६० अर्थतन्त्रलाई समेट्दै ॅजबरजस्ती श्रमविरुद्ध प्रभावकारी कारबाही भए/नभएको’ तथा यसले अमेरिकी व्यापारमा नकारात्मक असर पारेको छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने जनाइएको छ । यसले आगामी दिनमा नयाँ कर लाग्ने सम्भावनालाई पनि संकेत गरेको छ ।

    यसबीच, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको बेइजिङ भ्रमण मे १४–१५ का लागि तय गरिएको जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण केही समय पछि सारिएको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.