• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उत्तर कोरिया–बेलारुस सम्बन्ध नयाँ चरणमा


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • सियोल, १२ चैत । पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले आफ्‌नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्‍याएका छन् । दुई देशका नेताहरूले ‘मित्रता र सहयोग’ सन्धिमा हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने सन्देश दिएका छन् । यसलाई बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

    Advertisement

    प्योङयाङमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोलाई न्यानो स्वागत गर्नुभएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लुकाशेन्कोको यो उत्तर कोरियाको पहिलो भ्रमण हो, जसलाई दुवै देशबीचको सम्बन्ध विस्तारको संकेतका रूपमा लिइएको छ ।

    भेटका क्रममा लुकाशेन्कोले सोभियत युगदेखि कायम मित्रतालाई स्मरण गर्दै अहिलेको चरणलाई ‘नयाँ विकासको युग’ का रूपमा व्याख्या गर्नुभयो । उहाँले विश्वका प्रमुख शक्तिहरूले अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरिरहेको आरोप लगाउँदै स्वतन्त्र राष्ट्रहरूले अझ नजिक सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

    यसअघि राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो, जहाँ तोप सलामी र सैनिक परेडमार्फत लुकाशेन्कोलाई सम्मान गरिएको थियो । भ्रमणका क्रममा उहाँले कुमसुसन प्यालेस अफ द सन पुगेर किम जोङ उनका पिता र हजुरबुबाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट पनि पुष्पगुच्छा अर्पण गर्नुभएको जनाइएको छ ।

    यो सहकार्यलाई व्यापक रूपमा चीन र रुसले अघि बढाइरहेको ‘धु्रवीय विश्व’ अवधारणासँग जोडेर हेरिएको छ । उत्तर कोरिया र बेलारुस दुवैले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै आएका छन् । बेलारुसले आफ्‌नो भूभागलाई आक्रमणका लागि प्रयोग गर्न दिएको छ भने उत्तर कोरियाले हजारौँ सैनिक, साथै हतियार र गोला–बारुद सहयोग गरेको पश्चिमी तथा दक्षिण कोरियाली गुप्तचर निकायहरूले अनुमान गरेका छन् ।

    यसअघि सन् २०२४ मा रुस र उत्तर कोरियाबीच भएको रणनीतिक साझेदारी सम्झौताले दुवै पक्षलाई आवश्यक परे सैन्य सहयोग गर्न बाध्य बनाएको छ । विश्लेषकहरूका अनुसार यस सहकार्यबाट उत्तर कोरियाले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा र सैन्य प्रविधि प्राप्त गरिरहेको छ । यसले उसलाई चीनमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याइरहेको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्‌नो दोस्रो कार्यकालमा बेलारुससँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको छ । उहाँले प्रतिबन्धहरू केही खुकुलो बनाउँदै बेलारुसलाई आफ्‌नो ‘शान्ति पहल’मा सहभागी गराउने संकेत दिनुभयो । ट्रम्पले आफ्‌नो पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक भेट गरिसक्नुभएको थियो र पुनः भेटघाटको सम्भावना पनि चर्चामा रहेको छ । यद्यपि हालको इरानसम्बन्धी तनावले त्यसमा ढिलाइ भएको बताइएको छ ।

    बेलारुसका विदेशमन्त्री म्याक्सिम राइजेनकोभका अनुसार नयाँ सन्धिसँगै कृषि, औद्योगिक उत्पादन र व्यापारका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गरिनेछ । उहाँले विशेष रूपमा औषधि उत्पादन र खाद्यान्न आपूर्तिमा सहकार्यको सम्भावना औँल्याउनुभयो । साथै उत्तर कोरियाबाट कस्मेटिक उत्पादनहरू आयात गर्ने विषयमा पनि चासो देखाइएको छ ।

    विश्लेषक ली हो–रयुङका अनुसार यो भ्रमणको मुख्य उद्देश्य पश्चिमी प्रभावविरुद्ध उभिएका राष्ट्रहरूबीच एकता प्रदर्शन गर्नु हो । उहाँका अनुसार किम जोङ उनले यस अवसरलाई आफ्‌नो कूटनीतिक प्रभाव विस्तार गर्ने र वैकल्पिक शक्ति समूहलाई बलियो बनाउने प्रयासका रूपमा प्रयोग गर्नुभएको छ ।

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.