जैमिनी (बाग्लुङ) । अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष कुलबहादुर थापाकी धर्मपत्नी तथा महिलानेतृ नन्दकुमारी थापा (देवी थापा)को आज मंसिर १९ गते दाहसंस्कार गरिएको छ । थापाको जैमिनी नगरपालिका अन्तर्गत वडा नम्बर १ स्थित जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका उपाध्यक्ष धर्म कुँवरले स्मृतीशेष थापालाई पार्टीको झण्डा ओढाउनु भएको थियो । दाहासंस्कारमा राष्ट्रिय जनमोर्चा जिल्ला समितिका जिल्ला अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिकाका सचिव ठाकुर प्रसाद शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेल, जनजाति सम्मेलन केन्द्रीय सदस्य तुलवीर श्रीस, जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, गण्डकी प्रदेशसभा सांसद डिल्ली सुबेदी, नेकपा एमाले र नेकपाका प्रतिनिधी एवं राष्ट्रिय जनमोर्चाका विभिन्न स्तरका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । दाहसंस्कारमा दशवटै वार्डबाट उपस्थिती रहेको थियो ।
७३ वर्षीय थापाको हिंजो मंसिर १८ गते पोखरास्थित मनिपाल अस्पतालमा उपचारको क्रममा सांझ पाँच बजेर ३९ मिनेट जाँदा निधन भएको थियो । उहाँ लामो समयदेखि स्वास–प्रस्वास र निमोनीयाँबाट पिडीत हुनुहुन्थ्यो ।