पोखरा । अखिल नेपाल जनजाति सम्मेलनका बरिष्ठ उपाध्यक्ष कुलबहादुर थापाकी जीवनसंगिनी तथा महिलानेतृ देवी थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बन्दै गएको समाचार युगदर्शनलाई प्राप्त भएको छ ।
Advertisement
थापाले युगदर्शनलाई दिएको जानकारीअनुसार देवीलाई पोखरास्थित मनिपाल शिक्षण अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । उहाँलाई बुधबार विहान मनिपाल शिक्षण अस्पतालको आपतकालिन भर्ना गरिएको थियो ।
थापालाई धम्की, सुगर, निमोनियाँलगायतका विमारीले लामो समयदेखि ग्रसित हुनुहुन्छ ।