काठमाडौँ । पढ्दै कमाउदै गर्ने नीति अब त्रिभुवन विश्वविद्यालयमा पनि लागु हुने भएको छ ।
Advertisement
नेपाल सरकारको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप सो नीति लागु हुने भएको हो ।
कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने छ । ‘अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमश: यो अवधारणा लागू गरिने छ’, त्रिविको सभामा उपकुलपति अर्यालले भने ।
व्यावसायिक साझेदारी कार्यलाई अगाडि बढाउन व्यवसायीहरूमार्फत ज्ञान, उत्पादन, अनुसन्धान, भौतिक पूर्वाधार निर्माणमा सहयोग आदानप्रदान गरिने उनको भनाइ छ ।