काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको एकमहिने प्युठान अभियान मङ्सिर २६ देखि पुस २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
२०८२ मङ्सिर ५ र ६ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा मङ्सिर ७ गते जारी प्रेसविज्ञप्तिका अनुसार ‘संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गरौँ, प्रतिगमन र साम्राज्यवाद विरुद्ध सङ्घर्ष गरौँ’ नाराका साथ प्युठानको स्वर्गद्वारीमा सो अभियान मङ्सिर २६ गतेदेखि पुस १५ गतेसम्म तथा माण्डवीमा पुस १६ देखि पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।
बैठकले प्युठानमा प्रशिक्षण, खबरदारीसभा, सङ्गठन विस्तारलगायतका कार्यक्रमको योजना बनाएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बैठकले प्रदेश तथा जिल्ला इन्चार्ज, केन्द्रीय विभाग गठनलगायतका आन्तरिक साङ्गठनिक निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ :
“अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो पूर्ण बैठक समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा २०८२ मङ्सिर ५ र ६ गते बुटवलमा सम्पन्न भयो ।
१. देशको विषम परिस्थितिका बाबजुद पाँचौँ राष्ट्रिय महाधिवेशन भव्य एवम् सानदार रूपमा सम्पन्न भएको समीक्षा गरियो ।
२. प्रदेश इन्चार्ज प्रस प्रकार तोकिएको छ : कोशी प्रदेश र मधेस प्रदेश कार्यालयले हेर्ने, बाग्मती प्रदेश धनवीर पुनमगर, गण्डकी प्रदेश कुलबहादुर थापा, लुम्बिनी प्रदेश उषा पुन, कर्णाली प्रदेश अमरध्वज राना, सुदुरपश्चिम नरेश आले ।
३. जिल्ला इन्चार्ज निम्नअनुसार ठेगान गरिएको छ : दाङ रामबहादुर जिएम, प्युठान मीनराज राना, अर्घाखाँची अमरध्वज राना, हरि आले (सहइन्चार्ज), रुपन्देही हरि राहाडी, कास्की तिलबहादुर गुरुङ, कपिलवस्तु केहरसिंह पुन, गुल्मी छविलाल सर्तुङ्गी, हरि राहाडी (सहइन्चार्ज), पाल्पा गुमानसिंह पुन, रोल्पा उषा पुन, रुकुम पूर्व तुलवीर श्रीस, रुकुम पश्चिम तमबहादुर घम, सहयोगी भानसिंह बुढा, लालबहादुर सिंजाली, थम्मन घर्ती, बागलुङ केबी थापा, नवलपरासी विष्णु श्रीनेत, नवलपुर र चितवन जितबहादुर थापा, काठमाडौँ धनवीर पुनमगर, पर्वत र म्याग्दी हुमबहादुर पुन, मकवानपुर शुभराज गोले, रौतहट निरबहादुर स्याङतान, दीप गोले (सहयोगी), बाँके दलबहादुर घम, सल्यान अर्जुन थापा, बर्दिया नरबहादुर घम, सुर्खेत थममाया राना, मोहन थापा (सहयोगी) ।
४. केन्द्रीय विभाग गठन गरिएको छ । (क) सङ्गठन विभाग प्रमुख निमबहादुर बुढाथोकी, सदस्य अमरध्वज राना र रमेशमान गुरुङ । (ख) आर्थिक विभाग प्रमुख हुमबहादुर पुन, सदस्य उषा पुन र विष्णु श्रीनेत । (ग) प्रकाशन विभाग प्रमुख अमरध्वज रानामगर, सदस्य धनवीर पुनमगर, उषा पुनमगर । (घ) साहित्य तथा संस्कृति विभाग प्रमुख प्रकाश थापामगर, सदस्य केहर सिंह पुन, मीनराज राना, जितबहादुर थापा । (ङ) श्रम तथा उत्पादन प्रमुख धनवीर पुनमगर, सदस्य शेरबहादुर सूर्यवंशी, शुभराज गोले, अर्जुन थापा । (च) सांस्कृतिक विभाग प्रमुख उषा पुन, सदस्य जितबहादुर थापा, माया पुन, हरि सर्तुङी, उषा तारामी । (छ) खेलकुद विभाग प्रमुख रामबहादुर घम, सदस्य केबी थापा, नरेश आले, हरि आले र जितबहादुर थापा ।
५. केन्द्रीय समितिका पदाधिकारीको मर्यादाक्रम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष कायम गरिएको छ ।
६. आगामी २०८२ मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा केन्द्रीय समितिको आयोजनामा सम्पन्न हुने प्रशिक्षण तथा सङ्गठनात्मक कार्यक्रम कतिपय व्यावहारिक कारणले मितिमा हेरफेर गरिएको छ ।
अब सो कार्यक्रम मङ्सिर २६ गते स्वर्गद्वारीको भिङ्ग्रीमा उद्घाटन गरी २८ गतेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । मङ्सिर २९ गते सहभागीलाई ग्रुप विभाजन गरी जिम्मा तय गर्ने निर्णय गरियो । त्यसका साथै ‘संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गरौँ, प्रतिगमन र साम्राज्यवाद विरुद्ध सङ्घर्ष गरौँ’ मूल नारासहित पुस १ गते स्वर्गद्वारी–१ को वडा कार्यालयमा खबरदारीसभा तथा सङ्गठन विस्तार गर्ने, पुस २ गते वडा नम्बर २ को खालमा, पुस ३ गते वडा नम्बर ३ को भिङ्ग्रीमा, पुस ४ गते वडा नम्बर ४ को बाजीपुरमा, पुस ५ गते वडा नम्बर ५ को सारी वडा कार्यालयमा, पुस ६ गते वडा नम्बर ६ को तापासोत्रेमा, पुस ७ गते वडा नम्बर ७ को बेलबासमा, पुस ८ गते वडा नम्बर ८ को बर्जिवाङमा, पुस ९ गते वडा नम्बर ९ को जुडापाटामा र पुस १० गते समीक्षा बैठक गर्ने । पुस ११ गते प्रत्येक वडाको मत सर्वेक्षण गर्ने । पुस १२ गते सबैभन्दा कमजोर वडालाई किटानी गरी सङ्गठनको तर्फबाट आवश्यक योजना बनाउने ।
पुस १६ गते माण्डवी गाउँपालीकाको तयारी भेला गर्ने । पुस १७ गते माण्डवीको वडा नम्बर १ को मर्काबाङमा खबरदारीसभा तथा सङ्गठन विस्तार गर्ने, पुस १८ गते वडा नम्बर २ को तिराममा, पुस १९ गते वडा नम्बर ३ को उदयपुरकोटमा, पुस २० गते वडा नम्बर ४ को नयाँगाउँमा, पुस २१ गते वडा नम्बर ५ को जसपुर (चकचके) मा र पुस २२ गते समीक्षा बैठक गर्ने । पुस २३ गते प्रत्येक वडाको मत सर्वेक्षण गर्ने । पुस २४ गते सबैभन्दा कमजोर वडालाई किटानी गरी सङ्गठनको तर्फबाट आवश्यक योजना बनाउने ।
(ग) प्रशिक्षण तथा सङ्गठनात्मक अभियानमा केन्द्रीय सदस्यसँगै दाङ, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, कास्की, गुल्मी, प्युठान, रोल्पाबाट पनि सहभागी हुने ।
७. आगामी फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवारको पक्षमा प्रचारप्रसार गर्न सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
८. अध्यक्ष निमबहादुर बुढाथोकीमगर, अमरध्वज रानामगर र धनवीर पुनमगर रहेको तीन सदस्यीय कार्यालय गठन गरियो ।
९. सङ्गठनको नाममा वेबसाइट सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसको आवश्यक तयारीका लागि केन्द्रीय सदस्य धनवीर पुन र सल्लाहकार प्रकाश थापामगरलाई जिम्मा दिइयो ।”