जनकपुर । मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा कांग्रेस, माओवादीसहित सात दलका समर्थकले कार्यालय तोडफोड गरेका छन् ।
Advertisement
भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् ।
प्रदेश प्रमुखको विरोधमा नाराबाजी गर्दै उनीहरूले संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्नेु माग गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्।
नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शन गरेका थिए ।