रत्नविक्रम प्यासी, (सुर्खेत)
Advertisement
राष्ट्रिय जनमोर्चा सुर्खेतले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
२०८२ कात्तिक २१ र २२ गते केन्द्रीय कार्यक्रम अन्तर्गत राजमोको कार्यालयको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो प्रशिक्षण जेनजी आन्दोलन र वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले दिनुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी र राजमो कर्णाली प्रदेशका अध्यक्ष पूर्णबहादुर शाहीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा (मसाल) को राजनीति प्रस्ताव राजमो कर्णाली प्रदेश सदस्य लालबहादुर नेपालीले वाचन गर्नुभएको थियो ।
राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षता तथा सञ्चालन राजमो जिल्ला सचिव विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।