• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अर्घाखाँचीमा युवासँगै अगुवाको सक्रियतामा ‘सामाजिक न्याय र सशक्तिकरण’ कार्यक्रम सम्पन्न


  •   शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल,अर्घाखाँची ।
    भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम” अन्तर्गत युवा र समुदाय अगुवासँग छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    उक्त कार्यक्रम दलित महिला संघ र युएन वुमन (UN Women) को साझेदारीमा सञ्चालन गरिएको हो।

    कार्यक्रममा परिषद्की कार्यवाहक अध्यक्ष राधा नेपालीले संस्थाले महिलावादी अभियान, समावेशी सशक्तिकरण, र हानिकारक सामाजिक मुद्दा, जातीय विभेद, लैङ्गिक हिंसा र अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा निरन्तर क्रियाशील रहेको बताइन् ।

    उनका अनुसार संस्थाले महिलाको सशक्तिकरण र दिगो विकासका लागि समुदायसँगै मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको बताएकी थिइन् ।

    कार्यक्रममा नगरस्तरिय युवा सञ्जाल भुमिकास्थानका संयोजक टेकराज भुसालले “सामाजिक हानिकारक मूल्यमान्यता अन्त्यका लागि पुरुष र युवाहरूको सहभागिता” विषयमा प्रशिक्षण प्रदान गरेका थिए। उनले समाजमा विद्यमान गलत सोच, लैङ्गिक असमानता र विभेद अन्त्य गर्न युवाको सक्रिय भूमिका अत्यावश्यक रहेको बताउँदै, युवाहरूले परिवर्तनका लागि सकारात्मक सोच, जिम्मेवारी र नेतृत्व विकास गर्नुपर्नेमा जोड दिएका थिए। भुसालले सहभागी युवाहरूमार्फत गाउँस्तरमा जनचेतना फैलाउने र लैङ्गिक समानतामा आधारित व्यवहारलाई प्रोत्साहन गर्ने सुझावसमेत दिएका थिए।

    परिषद्ले अहिले “हाम्रो साहस परियोजना” अन्तर्गत सामाजिक हानिकारक मुल्यमान्यता न्युनिकरण तथा लैङ्गिक समानताका लागि सामाजिक मूल्यपरिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त परियोजनाको मुख्य लक्षित समूह महिला, दलित समुदाय र युवा रहेका छन्। यसले सामाजिक कुरीति न्युनिकरण, संस्थागत क्षमता अभिवृद्धि, र लैङ्गिक हिंसा न्यूनीकरण जस्ता उद्देश्यहरू पूरा गर्ने लक्ष्य राखेको छ।

    कार्यक्रम संयोजक राधा नेपालीका अनुसार, परियोजनाले पछाडि पारिएका समुदायको सशक्तिकरणलाई बल पुर्‍याउँदै, परम्परागत सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। उनले भनिन्, “न्यायबाट टाढा पारिएका, बेसहारा र हिंसाको सिकार महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहकार्य अपरिहार्य छ।” आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर र अधिकारप्राप्त बनाउन परियोजनाले योगदान पुर्‍याउने उनले बताइन्।

    कार्यक्रममा वडा सदस्य कमला खत्री, भुमा परियार, विजय सुनार, वडा सचिव निलम शाही, पत्रकार अनिल नेपालीलगायतको सहभागिता र सहजीकरण रहेको थियो।

    शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.