• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

क्यान्सरयोद्धा बिनु जिसी रहिनन्, मसालद्वारा श्रद्धाञ्जली


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । क्यान्सरयोद्धा बिनु जिसीको असामयिक निधन भएसँगै नेकपा (मसाल) ले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ कात्तिक २० गते बिहीबार शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना गरेको हो ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :

    “कामरेड बिनु जिसीको आज दिउसो ३ बजे काठमाडौँ बालाजुको सिल्भरल्यान्ड अस्पतालमा मृत्यु भएको छ । नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै उहाँको शोकसन्तप्त परिवार र सबै इष्टमित्रप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको जीवनको एउटा महत्त्वपूर्ण पक्ष के थियो भने उहाँले गत १८ वर्षदेखि त्यसका विरुद्ध बहादुरीपूर्वक सङ्घर्ष गर्दै आउनुभएको थियो । कडा क्यान्सर रोग लागेको अवस्थामा पनि त्यसका विरुद्ध सङ्घर्ष गर्दै १८ वर्षसम्म जीवित रहनु सामान्य कुरा होइन । उहाँमा भएको उच्च प्रकारको मनोबलका कारणले नै उहाँ १८ वर्षसम्म त्यसका विरुद्ध सफलतापूर्वक सङ्घर्ष गर्न सफल हुनुभएको थियो । त्यसका लागि हामीले उहाँलाई सम्मान गर्नुपर्दछ र बधाई पनि दिनुपर्दछ । अन्य सबै क्यान्सरपीडित मात्र होइन, सबै बिरामीले उहाँबाट प्रेरणा लिनुपर्दछ ।

    उहाँको १४/१५ पटक अप्रेसन भएको थियो । सो क्रममा उहाँको शरीरका कैयौँ अङ्ग काटिएका थिए तैपनि आफ्नो जिन्दगीको अन्त्यसम्म उहाँले हिम्मत हार्नुभएको थिएन र सधैँ हंशमुख र जीवनप्रति आशावादी हुनुहुन्थ्यो ।

    उहाँले खालि व्यक्तिगत रूपले मात्र यति लामो समयसम्म क्यान्सरका विरुद्ध लडेर विजय प्राप्त गर्नुभएको थिएन, अन्य क्यान्सरपीडित बिरामीलाई पनि लगातार उत्साह र प्रेरणा दिइरहनुहुन्थ्यो । उहाँ जीवनभरि नै त्यस प्रकारका कतिपय संस्थासित सम्बद्ध हुनुहुन्थ्यो । त्यसरी उहाँको मृत्युबाट सबै क्यान्सरपीडित बिरामीलाई पनि धेरै दु:ख पुगेको छ ।

    क्यान्सर अहिले विश्वको नै एउटा गम्भीर समस्या बनेको छ । संसारभरिका वैज्ञानिकले त्यसका विरुद्ध औषधी निर्माणका लागि अथक प्रयत्न गरिरहेका छन् । गत कालमा कैयौँ असाध्य ठानिएका रोगका औषधी पत्ता लागेर त्यस प्रकारका रोग अब असाध्य रहेका छैनन् । हामीले आशा र विश्वास गर्दछौँ कि क्यान्सरको पनि छिट्टै औषधी पत्ता लाग्नेछ र भविष्यमा का. बिनुजस्ता व्यक्तिको मृत्यु हुनेछैन । अहिले का. बिनुको मृत्युका लागि दु:ख प्रकट गर्ने बेलामा हामीले त्योबाट मुक्तिको सुन्दर, उज्ज्वल र सुखद भविष्यको पनि आशा व्यक्त गर्दछौँ ।

    अन्तमा का. बिनुप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दै उहाँका शोकसन्तप्त परिवार र सबै इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”

    गत १८ वर्षदेखि क्यान्सरयोद्धा बिनु प्रारम्भमा ब्रेस्ट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पछि क्यान्सर उहाँको शरीरका अन्य भागमा फैलिएको थियो । उहाँको उपचार भारत र नेपालका विभिन्न अस्पतालमा उपचार भएको थियो ।

    नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीको कोषाध्यक्षसमेत रहनुभएकी बिनुको परिवार नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता तथा प्रगतिवादी साहित्यकार समीर सिंहकी श्रीमती हुनुहुन्छ ।

    स्मृतिशेष बिनु प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला समितिमा समेत रहेर काम गर्नुभएको थियो । साहित्यक्षेत्रमा समेत उहाँको सक्रियता रहेको थियो ।

    उहाँको परिवारमा ससुरा मोहनविक्रम सिंह, सासू शान्ता सिंह र दुर्गा पौडेल, छोरा अभिदर्शन, देवरहरू विश्वमोहन र दिव्यमोहन हुनुहुन्छ ।

    बिनु आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.