• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्यान्सरयोद्धा बिनु जिसी रहिनन्, मसालद्वारा श्रद्धाञ्जली


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । क्यान्सरयोद्धा बिनु जिसीको असामयिक निधन भएसँगै नेकपा (मसाल) ले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ कात्तिक २० गते बिहीबार शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना गरेको हो ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :

    “कामरेड बिनु जिसीको आज दिउसो ३ बजे काठमाडौँ बालाजुको सिल्भरल्यान्ड अस्पतालमा मृत्यु भएको छ । नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै उहाँको शोकसन्तप्त परिवार र सबै इष्टमित्रप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको जीवनको एउटा महत्त्वपूर्ण पक्ष के थियो भने उहाँले गत १८ वर्षदेखि त्यसका विरुद्ध बहादुरीपूर्वक सङ्घर्ष गर्दै आउनुभएको थियो । कडा क्यान्सर रोग लागेको अवस्थामा पनि त्यसका विरुद्ध सङ्घर्ष गर्दै १८ वर्षसम्म जीवित रहनु सामान्य कुरा होइन । उहाँमा भएको उच्च प्रकारको मनोबलका कारणले नै उहाँ १८ वर्षसम्म त्यसका विरुद्ध सफलतापूर्वक सङ्घर्ष गर्न सफल हुनुभएको थियो । त्यसका लागि हामीले उहाँलाई सम्मान गर्नुपर्दछ र बधाई पनि दिनुपर्दछ । अन्य सबै क्यान्सरपीडित मात्र होइन, सबै बिरामीले उहाँबाट प्रेरणा लिनुपर्दछ ।

    उहाँको १४/१५ पटक अप्रेसन भएको थियो । सो क्रममा उहाँको शरीरका कैयौँ अङ्ग काटिएका थिए तैपनि आफ्नो जिन्दगीको अन्त्यसम्म उहाँले हिम्मत हार्नुभएको थिएन र सधैँ हंशमुख र जीवनप्रति आशावादी हुनुहुन्थ्यो ।

    उहाँले खालि व्यक्तिगत रूपले मात्र यति लामो समयसम्म क्यान्सरका विरुद्ध लडेर विजय प्राप्त गर्नुभएको थिएन, अन्य क्यान्सरपीडित बिरामीलाई पनि लगातार उत्साह र प्रेरणा दिइरहनुहुन्थ्यो । उहाँ जीवनभरि नै त्यस प्रकारका कतिपय संस्थासित सम्बद्ध हुनुहुन्थ्यो । त्यसरी उहाँको मृत्युबाट सबै क्यान्सरपीडित बिरामीलाई पनि धेरै दु:ख पुगेको छ ।

    क्यान्सर अहिले विश्वको नै एउटा गम्भीर समस्या बनेको छ । संसारभरिका वैज्ञानिकले त्यसका विरुद्ध औषधी निर्माणका लागि अथक प्रयत्न गरिरहेका छन् । गत कालमा कैयौँ असाध्य ठानिएका रोगका औषधी पत्ता लागेर त्यस प्रकारका रोग अब असाध्य रहेका छैनन् । हामीले आशा र विश्वास गर्दछौँ कि क्यान्सरको पनि छिट्टै औषधी पत्ता लाग्नेछ र भविष्यमा का. बिनुजस्ता व्यक्तिको मृत्यु हुनेछैन । अहिले का. बिनुको मृत्युका लागि दु:ख प्रकट गर्ने बेलामा हामीले त्योबाट मुक्तिको सुन्दर, उज्ज्वल र सुखद भविष्यको पनि आशा व्यक्त गर्दछौँ ।

    अन्तमा का. बिनुप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दै उहाँका शोकसन्तप्त परिवार र सबै इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”

    गत १८ वर्षदेखि क्यान्सरयोद्धा बिनु प्रारम्भमा ब्रेस्ट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पछि क्यान्सर उहाँको शरीरका अन्य भागमा फैलिएको थियो । उहाँको उपचार भारत र नेपालका विभिन्न अस्पतालमा उपचार भएको थियो ।

    नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीको कोषाध्यक्षसमेत रहनुभएकी बिनुको परिवार नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता तथा प्रगतिवादी साहित्यकार समीर सिंहकी श्रीमती हुनुहुन्छ ।

    स्मृतिशेष बिनु प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला समितिमा समेत रहेर काम गर्नुभएको थियो । साहित्यक्षेत्रमा समेत उहाँको सक्रियता रहेको थियो ।

    उहाँको परिवारमा ससुरा मोहनविक्रम सिंह, सासू शान्ता सिंह र दुर्गा पौडेल, छोरा अभिदर्शन, देवरहरू विश्वमोहन र दिव्यमोहन हुनुहुन्छ ।

    बिनु आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • २.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ३.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ४.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ५.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ६.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ७.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.