सिडनी । अष्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकाको लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ ।
देशको अनलाइन सुरक्षा आयोगका अनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि लागु हुनेछ । उक्त प्रतिबन्ध अनलाइन फोरम रेडडीट र लाइभस्ट्रीमिङ प्लेटफर्म किक साथै अरु सातवटा परिचित साइटहरू पनि समावेश हुने बताइएको छ ।
सामाजिक सञ्जालमा यो प्रतिबन्ध १० डिसेम्बरदेखि लागु हुनेछ र यसले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटोक, एक्स र युट्युबमा पहुँच पनि सीमित गर्ने सञ्चार मन्त्री अनिका वेल्सले बुधबार पत्रकारहरूलाई बताए ।
“अनलाइन प्लेटफर्महरूले प्रविधिको प्रयोग गरेर बालबालिकामाथि डर लाग्दो नियन्त्रण गर्छन् । हामी केवल यिनीहरूलाई सोही प्रविधि प्रयोग गरेर बालबालिकालाई अनलाइन सुरक्षित राख्न अनुरोध गर्दैछौं,” वेल्सले भने– “हामीले गत महिनामा धेरै सामाजिक सञ्जाल प्लेटफर्मसँग भेट गरेका छौं ताकि तिनीहरूले बुझून् कि यो कानून कार्यान्वयन गर्न नसकेको कुनै बहाना छैन ।”
वेल्सले क्याबर्रामा सञ्चारकर्मीसँग भने– “हामी बालबालिकाले आफ्नो बाल्यकाल अनुभव गरून् भन्ने चाहन्छौं, र हामी अभिभावकहरूले मनको शान्ति पाऊन् भन्ने चाहन्छौँ ।”





