काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा एक लाख बिस हजार आठ सय पचास रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
Advertisement
अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिस्वत रकम असुल गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।
आयोगले निगरानी गरिरहँदा सोही सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका दाहालसँग एक थान मोबाइल डिभाइस र अन्य सम्बन्धित कागजातसमेत बरामद गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार दाहाल विरुद्ध आवश्यक थप अनुसन्धान अघि बढाइएको छ ।