• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

वर्षाजन्य बिपत्बाट जनधनको क्षतिप्रति मसालद्वारा दु:ख प्रकट


  •   सोमबार, असोज २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले हालैको वर्षाजन्य बिपत्द्वारा ठुलो मात्रामा जनधनको क्षति हुन पुगेको दु:ख प्रकट गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असोज २० गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेको हो ।

    पहिले आफूहरूले यस प्रकारका बिपत्मा राहत सङ्कलन गर्ने गरेको स्मरण गर्दै पछि सरकारमार्फत् मात्र राहत सङ्कलन र वितरण गर्ने निर्णय गरिएकाले अहिले आफूहरूले सो पहलकदमी नगरेको वक्तव्यमा स्मरण गराइएको छ ।

    मसालले अहिले वर्षाजन्य बिपत्बाट पीडित व्यक्तिको राहत र क्षतिपूर्तिमा शीघ्र कदम उठाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    जलवायु परिवर्तनका कारण विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामीजस्ता गम्भीर समस्या देखा परेको बताउँदै देशमा अहिले देखा परेको वर्षाजन्य बिपत्लाई पनि अन्तर्राष्ट्रिय समस्याको रूपमा किटानी गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “देशमा भारी वर्षाका कारणले जनधनमा गम्भीर क्षति पुगेकोमा नेकपा (मसाल) ले गहिरो दु:ख प्रकट गर्दछ । बाढीपहिरोको कारणले मृत्यु भएका सबै व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त बाढीपहिरोबाट क्षति पुगेका सम्पूर्ण जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसका साथै बाढीपहिरोबाट पुगेको क्षतिमा राहत र क्षतिपूर्तिका लागि शीघ्र कदम उठाउनका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।

    संसारमा जलवायु परिवर्तनको जुन गम्भीर समस्या बढ्दै गइरहेको छ, त्यसबाट विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामीजस्ता गम्भीर समस्या देखा पर्दै गइरहेका छन् । अहिले नेपालमा देखा परेको अतिवृष्टि पनि विश्वव्यापी रूपमा देखा परेको त्यही प्रकारको जलवायु परिवर्तनको परिणाम हो । त्यसकारण तात्कालिक रूपमा अहिले नेपालमा भारी वर्षाका कारणले पुगेको क्षतिप्रति विशेष कदम उठाउन सरकारको ध्यान आकर्षित गर्दै विश्वव्यापी रूपमा देखा परेको जलवायु र पर्यावरणको समस्याको समाधानको लागि पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । यो हाम्रो राष्ट्रिय समस्या मात्र नभएर अन्तर्राष्ट्रिय दायित्वको विषय पनि बन्न जान्छ ।

    पहिले हामीले कुनै प्राकृतिक बिपत् हु“दा व्यापक रूपले आर्थिक वा उपभोग्य सामग्री सङ्कलन गरी जनतामा वितरण अभियान चलाउने गर्दथ्यौँ तर पछि त्यस प्रकारको वितरण सरकारको माध्यमद्वारा मात्र गर्ने सूचना जारी भयो र हामीले सङ्कलन गरेर जनतामा वितरणको लागि सरकारलाई दिने गरेको रकम वा सामग्रीको पनि सही वितरण नभएको कुरा थाहा हुन गयो । त्यसपछि हामीले कुनै पनि प्राकृतिक आपत्को बेलामा आर्थिक वा राहत सामग्री सङ्कलन गर्ने र जनतामा वितरण गर्ने कार्य गर्ने गरेका छैनौँ तैपनि अहिले भारी वर्षाका कारणले देशव्यापी रूपमा देखा परेको गम्भीर समस्याको समाधानका लागि समुचित पहलकदमी गर्न हामीले सरकार र आम जनताको समेत ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    सोमबार, असोज २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.