• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हाम्रो पार्टीको जस्तो राम्रो विचार अरू कसैको छैन : खड्का (अन्तर्वार्ता)


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • बुद्धिराम खड्का, राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता

    Advertisement

    दाङघोराहीमा बहुदल आएपछि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई चिनाउनुका साथै स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका व्यक्तित्व हुनुहुन्छ, ८५ वर्षीय बुद्धिराम खड्का । उहाँसित युगदर्शन मिडियाका लागि गणेश आचार्यले गर्नुभएको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    ० बुद्धिराम खडकाजी नमस्कार ।

    :: नमस्कार ।

    ० सञ्चैआरामै हुनुन्छ ?

    :: आरामै छु ।

    ० कति वर्षको भयो तपाईंको उमेर ?

    :: अहिले ८४ वर्ष पुगेर ८५ वर्षमा लागेको छु ।

    ० यो उमेरमा दिनहरू कसरी बिताइरहनु भएको छ ?

    :: दिनहरू यस्तै हो । कहिले पार्टीसङ्गठनका साथीहरूसित भेटघाट गरेर, कहिले टोलछिमेकका बुढाहरूसित, कहिले घरपरिवारसित बिताइरहेको छु ।

    ० पार्टीसङ्गठनका कुरा गर्नुभयो । तपाईं कुन पार्टीमा हुनुहुन्छ ?

    :: म नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकटको राष्ट्रिय जनमोर्चामा आबद्ध छु ।

    ० यो उमेरमा पनि पार्टीमा हुनुहुन्छ र ?

    :: उमेरले पार्टीमा लाग्नमा रोक्दैन । पार्टीका साथीहरूसित वर्गीय माया हुन्छ । पार्टीबाट धेरै कुरा सिक्न पाइन्छ । त्यसैले म अहिले पनि पार्टीमा छु ।

    ० के काम गर्नुहुन्छ पार्टीमा ?

    :: पार्टीको विचार राम्रो भएकाले नयाँ मान्छेलाई पार्टीमा आबद्ध गराउन जोड गर्दछु । पार्टीका परिपत्र पढेर जानकार हुन्छु । पार्टीका बैठक र कार्यक्रममा नियमित जान्छु । नयाँ कुनै मान्छे भेटियो भने पार्टीका साथीहरूलाई बोलाएर भेटघाट गराउँछु । स्थानीय सामाजिक समस्यालाई पार्टीनेतृत्वमा पुऱ्यायर समाधान गर्न कोसिस गर्छु ।

    ० पार्टीमा कहिलेदेखि लाग्नुभएको हो ?

    :: सन् १९७९ मा म भारतमा बस्थेँ । त्यहाँ मोहनविक्रम सिंह भारतीय मजदुरहरूलाई भेटन जानुभएको रहेछ । प्युठान लुङका शिवबहादुर केसीले मेरो घरमा उहाँलाइ लिएर आउनुभयो । उहाँले घुँडामा टालेको जिन्सको पाइन्ट लगाउनुभएको थियो । कालो झोला बोक्नुभएको थियो । उहाँ भर्खरै जेलबाट छुटनुभएको रहेछ ।

    नेपालबाट आएको कम्युनिस्ट नेता भनेपछि हामी खुसी भयौँ । मैले १०/१२ ओटा भाले पालेको थिएँ । उहाँलाई खुवाउने भनेर भाले काटेँ । बजारमा गएर दही, घ्यु लिएर आएँ ।

    उहाँले पत्रिका पढ्छु भन्नुभयो । मैले हिन्दी पत्रिका ल्याइदिएँ । उहाँले कम्युनिस्ट पार्टीको कुरा सुनाउनुभयो । मजदुर हितका कुरा गर्नुभयो । भारतमा बसे पनि गलत बाटोमा लाग्नुहुँदैन, नेपालीको र सारा मजदुरको हितमा काम गर्नुपर्छ भन्नुभयो । त्यो कुरा हामीलाई मन पऱ्यो । त्यो बेला त्यहाँ सङ्गठन थिएन तर मैले त्यही बेलादेखि नै यो पार्टीमा काम गर्ने निर्णय गरेँ ।

    ० त्यो त भारतको कुरा भयो । नेपालमा आएपछि कसरी पार्टीमा आबद्ध भएर काम गर्नुभयो त ?

    :: म भारतबाट नेपाल आउँदा मेघराज ढकाल भन्ने मान्छेको सम्पर्क लिएर आएको थिएँ । यहाँ आएर बुझ्दा उनी बिग्रेको थाहा लाग्यो । म फेरि सम्पर्क लिन गोरखपुर पुगे । गोरखपुरमा मोहनविक्रमसित फेरि भेट भयो र यताको सम्पर्क लिएर आएँ । त्यसपछि रश्मीराज नेपालीसित भेट भयो । भारतमै काम गरेर आउनुभएका भरत भण्डारीसित भेट भयो । ईश्वरी भण्डारी र हरि बन्जाडेसित भेट भयो ।

    त्यो बेला निरङ्कुश पञ्चायती व्यवस्था थियो । खुला कुरा गर्न मिल्थेन । त्यही पनि धेरै मान्छेलाई सम्पर्कमा ल्याइयो । मलाई प्रहरीको डिएसपीले बोलायो र तिमीहरू को को छौ भन्यो । मैले कसैलाई चिन्दैन भनेँ ।

    पछि बहुदल आयो । यहाँ कोही थिएन । सल्यानका अमर शाहसित सम्पर्क भयो । उनैले बाबुराम भट्टराईसित सम्पर्क गराइदिए ।

    यहाँ बहुदल आएपछि बहुदल पक्षका सबैले सभा गरे । हामीले पनि गरौँ न भनेर मैले र हरि बन्जाडेले सल्लाह गर्न खोज्यौ । हरिले यो गुण्डागर्दी हुने ठाउँमा कार्यक्रम हुन्न भन्नुभयो । धरपकड भए पनि आन्दोलन नगरेर हुँदैन भनेर मैले जोड गरेँ । अमर शाहसित कुरा गरेर चित्रबहादुर केसीलाइ बोलाउनुपऱ्यो भनिम् । अमर शाहलाई भनेर बाबुराम भट्टराईसित कुरा गरेर भारतबाट साथीहरू बोलाइम् । भरत भण्डारी, मिनु सुवेदी, मदन पाण्डे, ईश्वरी भण्डारी आउनुभयो र व्यापक प्रचार गरेर ठुलो कार्यक्रम गऱ्यौँ । त्यही कार्यक्रमपछि मलाई घोराहीमा सम्पूर्णले मसाल भनेर चिने ।

    ० यो पनि पुरानै कुरा भयो । अहिले त तपाईंको पार्टी साह्रै कमजोर मानिन्छ त ?

    :: हाम्रो पार्टी कमजोर छैन । पार्टी कमजोर कि राम्रो भन्ने विचारबाट निर्धारण हुने हो । हाम्रो पार्टीको जस्तो राम्रो विधि र विचार अरू कसैको छैन । अरू सबै पार्टी बद्नाम भएका छन् तर हामी भएका छैनौँ । पार्टीले क्लास, प्रशिक्षण चलाउँछ । अनुशासित बनाउँछ । अनुशासित बनाउने कुरा कमजोर हुने कुरा हैन । मोहनविक्रमले धेरै मान्छेलाई कारबाही गर्छ भन्छन् । त्यो कुरा सत्य हैन । पार्टीले कारबाही गर्ने, आलोचना गर्ने भनेको सुधार गर्नका लागि हो, कमजोर बनाउन हैन ।

    ० अरू पार्टी ठुला ठुला छन् । पछि बनेका पनि तपाईंको भन्दा ठुला बने । तपाईंको पार्टी त छैन त ?

    :: अरू पार्टीका नेताहरू अवसरवादी भए । व्यक्तिगत नाफाघाटामा जोड दिए । हाम्रो पार्टीमा पनि धेरै मान्छे आए । मान्छे नै नआएको भन्ने हैन तर सबैलाई अवसरवादले जित्यो । ती ठुला बनेका पार्टी विचार, नैतिकता र देशसेवाले बनेका हैनन्, विदेशीलाई रिझाएर भएका हुन् । हाम्रो पार्टी बरु एक्लै बन्न तयार छ तर राष्ट्रघात गर्ने, जनतालाई ठग्ने, नेताका घरगाडी जोड्ने कुरालाई सही मान्दैन । पार्टी कति ठुलो र सानो भन्ने उसले कस्तो विचार बोकेको छ भन्ने कुराले निर्धारण गर्ने कुरा हो ।

    ० अहिले नेतृत्वमा रहेका तपाईंको पार्टीका नेताहरूलाई के भन्न चाहनुहुन्छ ?

    :: नेताहरूले जनपक्षीय भएर काम गर्नुपऱ्यो । जनताका समस्यासित जोडिनपऱ्यो । हतोत्साहित हुनुहुँदैन, जित सधैँ सत्यको हुन्छ । कम्युनिस्ट पार्टी भनेको जनताको प्यारो पार्टी हो । त्यही रूपमा नेताहरू पनि अगाडि बढ्नुपऱ्यो ।

    ० तपाईं अहिले पनि लौरो टेक्दै हिँड्ने मान्छे, कोटको गोजीमा सदस्यता बोकेर हिँड्नुभएको छ । के तपाईंको माथिका नेताहरू पनि यसैगरी काम गर्छन् त ?

    :: यसैगरी सबैले काम गर्नुभएको छ । त्यहीँबाट सिकेर नै मैले यो गरेको हुँ । कुनै पनि कम्युनिस्ट पार्टीको नेता अल्छी र ठग हुँनुहुदैन । कुनै पनि देश र कम्युनिस्ट पार्टी कडा मिहिनेत र लगनशीलताबेगर राम्रो बन्दैन । त्यही कुरा मैले बुझेको छु । मैले पेसा गर्ने बेला त्यसैगरी गरेँ ।

    Screenshot

    अहिले म घरमा कुनै काम गर्दिनँ । मेरो सम्पूर्ण काम नै पार्टीको हितमा गर्नु काम हो । त्यसैले म सधैँ राष्ट्रिय जनमोर्चाको सदस्यता बोकेर हिँड्छु । मजस्तो बुढो मान्छेले भनेपछि धेरैजसोले नाइँ भन्नुहुन्न । मैले भन्दा धेरै कुरा बुझाउनुपर्ने भयो भने म सिधै जिल्ला अध्यक्ष गणेश आचार्यलाई फोन गरेर भन्छु । उहाँले भ्याउनुभएन भने अरू साथीहरू आउनुहुन्छ । मैले पार्टीका सबै साथीहरूको नम्बर राखेको छु । बेला बेलामा सबैलाई फोन गरेर यस्तो काम गर्नुपऱ्यो भनेर झक्झकाउने काम पनि गर्दछु ।

    ० अहिले नयाँ युवाहरू कोही विचारहीन बाटोमा र कोही प्रतिगामी बाटोमा लागेको देखिन्छ । यसलाई तपाईं के भन्नुहुन्छ ?

    :: यो चेतनास्तरको कमी हो । यसमा केही न केही कम्युनिस्ट पार्टीको कमजोरी पनि छ । जनता हावामा हिँड्छन् । नेताहरूले सही गलत कुरालाई चिरफार गर्ने काम गरेका छैनन् । सरकारमा बस्ने र कम्युनिस्ट पार्टीको नाम लिनेहरूले झन् धेरै कम्युनिस्ट आन्दोलनलाई बद्नाम गरेका छन् । हाम्रो जस्तो सही र नैतिकवान् कुरा जनताले बुझ्नै पाइरहेका छैनन् । त्यसैले त्यस्तो देखिएको हो । यो स्थायी कुरा हैन, हामीले जनतालाई सचेत बनाउँदै जानुपर्दछ ।

    ० अन्त्यमा भन्नुपर्ने केही छ कि ?

    :: भन्नुपर्ने कुरा के छ भने कम्युनिस्ट पार्टीका साथीहरूले अरूको काम हैन, आफ्नै सम्झेर जनताको हितमा काम गर्नुपऱ्यो । कम्युनिस्ट पार्टीमा लागेको नेता बन्न, सुविधा लिन र शासक बन्न हैन, जनताको सेवक बन्नका लागि हो । जनताले आफ्नो मित्र को, दुस्मन को चिन्न सकेका छैनन् । त्यही चिन्न नसकेका कारण जनताले आफ्नो दुस्मनलाई बलियो बनाइरहेका छन् । त्यो विषयमा सचेत बनाउन कम्युनिस्ट पार्टीका साथीहरू लाग्नुपर्छ ।

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.