• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मसाल कम्युनिस्ट हो, अरूले कम्युनिस्टको नाममा व्यापार गरेका छन्


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • कृष्ण गिरी, सेवानिवृत्त शिक्षक तथा साहित्यकार

    Advertisement

    (लामो समयसम्म शिक्षण पेसा गरेर अहिले सेवानिवृत्त हुनुभएका शिक्षक, साहित्यकार तथा समाजसेवी गिरी दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । २०८२ वैशाख ९ गते उहाँसँगको यो कुराकानी गणेश आचार्यले गर्नुभएको हो ।)

    ० युगदर्शन मिडियाको तर्फबाट यहाँलाई नमस्कार छ ।

    :: नमस्कार ।

    ० आरामै हुनुहुन्छ ?

    : ठिकै छु

    ० आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

    :: मेरी श्रीमती बिरामी छिन । त्यसैले मैले उनको सेवा गर्नुपर्छ । विभिन्न स्थानीय सामाजिक काम काम गर्छु । स्कुलक्याम्पसका सुधारका काममा अग्रसर छु । खेतीपाती पनि गर्छु । साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । साहित्य सृजना पनि गर्ने गरेको छु । भर्खरै कविता सङ्ग्रह पनि निकालेँ । यसै गरेर मेरा समय बितिरहेका छन् ।

    ० कवितासङ्ग्रह कहिले निकाल्नुभयो ?

    :: ‘पसिनाको पोको’ भन्ने कवितासङ्ग्रह २०८१ पुस ६ गते लोकार्पण भइसकेको छ ।

    ० कस्ता खालको कविता छन् यो सङ्ग्रहमा ?

    :: कुनैमा राष्ट्रप्रेम छ । कसैमा सरकारका विकृतिको विरोध गरिएको छ । कम्युनिस्ट पार्टीको विचारसित मिल्ने खालका थुप्रै रजना यो सङ्ग्रहमा समावेश गरिएका छन् ।

    ० २०८१ वैशाख ९ गतेको कार्यक्रममा “प्रदेश, तिमी किन आयौ” भन्ने शीर्षकको कविता वाचन गर्नुभयो । खासमा के भन्न खोज्नुभएको त्यो कवितामार्फत् ?

    :: हाम्रो देशलाइ सङ्घीय प्रदेशको आवश्यकता नै छैन । यति सानो देशलाई सात सात प्रदेशमा विभाजन गर्न जरुरी छैन । आर्थिक रूपमा सङ्घीय प्रदेश सञ्चालन धेरै महँगो हुन्छ । त्यसैले त्यसको विरोधमा कविता लेखेको हुँ । हुन त म लुम्बिनी प्रदेश राजधानी दाङको काखैमा छु तर त्यो देशका लागि ऋणको भारी मात्र हो । त्यसैले त्यो सङ्घीयताको विरोधमा कवितामार्फत आफ्नो भावना व्यक्त गरेको छु ।

    ० यसको मतलब तपाईं सङ्घीयता विरोधी हुनुहुन्छ ?

    :: हो । नेपालको सन्दर्भमा म सङ्घीयता विरोधी हुँ । यो शासनप्रणाली आवश्यक छैन भन्ने मेरो बुझाइ छ ।

    ० तपाईं सङ्घीयता विरोधी पार्टीमा हुनुहुन्छ ?

    :: सङ्घीयताको विरोध त विभिन्न कारणले अरूले पनि गर्लान् । म त्यो केवल सङ्घीयता विरोधी मात्र भन्दा पनि नेपालको सन्दर्भमा सङ्घीयता ठिक हुँदैन भनेर सुरुदेखि भन्दै आएको नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा आस्था राख्दछु ।

    ० तपाईंले नेकपा (मसाल) प्रति नै आस्था राख्नुको कारण के हो ?

    :: मैले आठ वर्षको हुँदा काङ्ग्रेसको आतङ्कक देखेको थिएँ । उनीहरू प्रायः धनी थिए र गरिबलाई हप्काइदप्काइ गर्थे । मैले पढ्ने स्कुलका गुरुहरू पनि कम्युनिस्ट राम्रो हो, गरिखाने र कामदार वर्गको पार्टी हो भन्नुहुन्थ्यो । म आफू पनि गरिखाने वर्गको गरिब मान्छे । मेरा लागि सही पार्टी कम्युनिस्ट हो भन्ने लाग्यो । मेरो आफ्नो सोच पनि त्यस्तै थियो अनि म पनि त्यही पार्टीमा आस्था राख्दै आएँ ।

    ० यो बेला नेकपा (मसाल) थियो त ?

    :: नेकपा (मसाल) नै त थिएन तर कम्युनिस्ट पार्टी थियो । पछि फुट, विभाजन र मतभेद चल्दै जाँदा नेकपा (मसाल) बन्यो ।

    ० पछि मसाल नै किन रोज्नुभयो ? अरू पनि थिए कम्युनिस्ट पार्टी त ।

    :: म शिक्षक हुँदा मालेका साथीहरूले हाम्रो पार्टीमा आउनुस् भने । मलाई माले कम्युनिस्ट हुन् भन्ने नै लागेन । मलाई मोहनविक्रम सिंहको विचार सही लागेको थियो । कम्युनिस्ट विचार, नीति र व्यवहार पनि त्यही नै हो भन्ने लागेको थियो । त्यो बेला अहिलेजस्तो सबै कुरा थाहा पाउने सूचनाको स्रोत पनि थिएन । मैले मोहनविक्रमलाई पछ्याउँदै थिएँ । अरू कसैको कुरा मलाई विश्वास लागेन । पछि बुझ्दै जाँदा उहाँको पार्टी नै नेकपा (मसाल) रहेछ । त्यसरी म मसाल भएको हु वा कम्युनिस्ट भएको हुँ ।

    ० अहिले त कम्युनिस्टभन्दा पनि राजनीतिक वातावरण अर्कै छ । राप्रपा, रास्वपा भन्छ्न युवाहरू ?

    :: राप्रपा भनेको राजावादी पार्टी हो । त्यो पार्टीलाई अबको युगमा सामान्य मानवीय सोच भएका कसैले स्वीकार गर्न सक्दैन । अहिलेका नयाँ पिँढीमा राजनीतिक अध्ययन छैन । राजतन्त्रमा हिजो कस्तो खालको अवस्था थियो भन्ने ज्ञान र अनुभूति छैन । त्यसैले कैयौँ मानिस राप्रपामा लाग्न सक्छ्न । यो केही छिनको कुरा हो । उनीहरूले पनि बिस्तारै कुरा बुझ्दै जानेछन् ।

    रास्वपा त राप्रपाको जति पनि विचार नभएको समूह हो । यसको न जरो छ, न फेद छ, न टुप्पो । त्यो फेदै नभएको समूह हो, पार्टी हैन । पार्टी त दुई मात्र हुने हुन् : एक– कम्युनिस्ट, अर्को– पुँजीवादी पार्टी । नेकपा (मसाल) कम्युनिस्ट पार्टी हो । अरू जे जे नाम राखेका भए पनि सबै एकै ड्याङ्का मुला हुन् ।

    ० यहाँ त कम्युनिस्ट नामका अरू पनि धेरै पार्टी छन् नि ?

    :: तिनीहरू कम्युनिस्ट हैनन्, कम्युनिस्ट नाममा व्यापार गरेका हुन् । तिनीहरू पुँजीवादउन्मुख पार्टी नै हुन् । काङ्ग्रेस र तिनीहरूमा केही फरक छैन अनि कसरी कम्युनिस्ट हुन्छ्न तिनीहरू ? कुनै पनि देशमा एक मात्र कम्युनिस्ट पार्टी हुन्छ । त्यो नेकपा (मसाल) हो ।

    ० विभिन्न ठाउँमा रहेका नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?

    :: नयाँ पुस्ताले सत्यलाई पहिचान गर्नुपर्दछ अन्यथा समाज भाडिन्छ । लहडमा हैन, विचार र विज्ञानलाइ पक्रेर अगाडि जानुपर्दछ । युवाहरू हावाको भरमा कहिले कता, कहिले कता गर्नुहुँदैन । आफ्नो वर्गको व्यवस्था नहुँदासम्म केही हुँदैन । गरिब, उत्पीडित मान्छे सामन्त र पुँजीवादीको पछि लागेर न्याय हैन, झनै उत्पीडनमा पर्ने हो । पुँजीवादी पार्टीहरू आफ्नो स्वार्थसिद्धिका लागी युवालाई प्रयोग गर्छन् र आफ्नो स्वार्थ लिन्छन् । त्यसैले आफ्नै वर्गको पार्टीमा लाग्नुपर्छ भन्ने मेरो विचार छ ।

    ० अन्तमा अरू केहि भन्न चाहनुहुन्छ ?

    :: भन्ने कुरा त कति हुन्छन् कति ? मेरो कुरा राख्ने अवसर दिनुभयो, त्यसका लागि तपाईं र युगदर्शन मिडियालाई धन्यवाद दिन चाहन्छु ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.